काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल भारतबीच लामो समयदेखि रहेको संवादहीनता अन्त्य भएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले नक्सा प्रकाशन पछि बन्द भएको संवादहीनता अन्त्य भएको बताएका हुन् । समितिमा सांसदहरुले भारतीय विदेशसचिव र चीनका रक्षा मन्त्रीको भ्रमणबारे प्रश्न गरेका थिए । जवाफमा मन्त्री ज्ञवालीले चीनीयाँ रक्षामन्त्रीको भ्रमण नियमित भएको बताए । त्यस्तै , भारतीय विदेश सचिवको भ्रमणले नपाल भारतबीच लामो समयदेखि रहेको संवादहीनता अन्त्य भएको उनले बताए । मन्त्री ज्ञवालीले बैठकमा दोस्रो सीमा समस्यालाई औपचारिक रूपमा दुवै देशले स्वीकार गरेको र नेपालले औपचारिक रूपमा सीमा समस्यालाई एजेन्डाका रूपमा राखेको बताएका थिए । नेपालले जुन उचाइबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो त्यो राखेको उनको भनाइ थियो । नेपाल भारत सम्बन्ध समस्यालाई वार्ताबाट समाधान गर्ने र सम्बन्धलाई सुदृढ गर्ने बाटोमा अगाडि बढेको उनले जानकारी गराए ।