
देवचुली ।
नवलपुरको दलदले कुमसोत सडक खण्डमा जीप दुर्घटना भएको छ । ना ५ च १६८९ नं को जीप साझँ ६ बजे दुर्घटना हुँदा चालक सहित तिन जना घाईते भएका छन् ।
निर्माण सामाग्री पुर्याएर फर्कने क्रममा कुमसोत जंगलमा जीप अनियन्त्रीत भई सडक देखी करीव ६० मिटर तल खसेको थियो ।
घटना लगतै इलाका प्रहरी कार्यालय रजहर, अस्थायी प्रहरी पोस्ट दलदलेबाट खटिएको संयुक्त टोली र स्थानियहरुको सहयोगमा घाईतेको उद्धार गरी उपचारको लागि भरतपुर मेडिकल कलेज पठाईएको प्रहरी निरिक्षक नविन कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

घाईते हुनेमा जीपका चालक देवचुली –१२ का रामबहादुर थापा, सुस्ता गाउँ पालिका वडा नं २ का कुसन्त बहादुर मुखिया र त्रियोगि नारायण चौधरी रहेका छन् ।
हाल तिनै जना घाईतेको स्थीति समान्य रहेको र चालक अस्पतालबाट डिस्चार्ज भएको प्रहरी कार्यालयले जनाएको छ।