काठमाडौं ।
लोक सेवा आयोग (पीएससी) को साइट ह्याक गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उनीहरुलाई साइबर ब्युरो अफ नेपाल (पुलिस) ले कास्कीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका साना गाउँका का २५ वर्षीय बिवेक महर्जन सहित पोखरा महानगरपालिका १५ र १७ का अन्य दुई जना रहेको ब्युरोले जानकारी दिएको छ ।
उनिहरुमाथि साइट ह्याक गर्ने र गलत जानकारी प्रसारण गरेको आरोप लगाइएको व्यूरो प्रमुख एसएसपी नविन्द अर्यालले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो “हामी आयोगको वेबसाइटमा अनधिकृत पहुँच र गलत सूचनाको आरोपको छानबिन गर्दैछौं ” ।
ह्याकिंग ब्यूरोमा गुनासो बढ्न थाले पछि अनुसन्धान कार्य सुरु गरेको व्यूरो प्रमुखले जानकारी दिनुभयो ।