
देवचुली ।
नवलपुरको देवचुली–११, धारापानीमा साझँ करीव ४बजे दुर्घटनाहुँदा एक जना गम्भीर घाईते भएका छन् । ट्याक्टर र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक गम्भीर घाईते भएका हुन्।
ना ७ त २९३७ नम्बरको ट्याक्टरले लु ६४ प ३६७५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक देवचुली– १३ दलदले निवासी १९ बर्षीय निलम स्याली मगर घाईते भएका हुन्।

उनको दाहिने खुट्टामा चोट लागेको छ । हाल उनको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।