भिम भुसाल, देवचुली ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा ब्यवसाय दर्ता र नविकरण वडा बाट नै सुचारु भएको छ । कार्यपालिकाको निर्णय अनुशार नगरपालिकाले नगरभित्रका ब्यवसाय र नविकरण पुस १ गते (आज) बाट वडामा नै दर्ता गर्न सुचारु गरेको हो । वडाबाटै ब्यवसाय दर्ता तथा नविकरण गर्दा ब्यवसाय गर्नेहरुलाई समेट्न सकिने, समयको बचत तथा गाउँ गाउँमा सिँहदरवार पुगेको आभास दिलाउन सकिने हुँदा नगरपालिका सम्म धाउनुपर्ने बाध्यतालाई वडामा नै ब्यवस्थापन गरिएको देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देलले बताउनुभयो ।
ब्यवसाय दर्ता गर्दा ब्यवसायको प्रकृति हेरी रातो किताबमा उल्लेख गरिएको शुल्क अनुशार दर्ता शुल्क लाग्ने छ । हाल सम्म देवचुली नगरपालिकामा २२ सय ८९ ब्यवसाय दर्ता भएका छन् ।