
भिम भुसाल, देवचुली ।
पूर्वी नवलपरासीको कावासोतीमा जिल्ला प्रहरीको गाडिसँग मोटरसाईकल ठक्कर खाँदा देवचुलीका एक युवक घाईते भएका छन् ।
पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु ३१ प ७१७४ नम्बर मोटरसाईकलसँग प्रहरीको सवारी ठक्कर खाँदा देवचुली नगरपालिका वडा नम्बर १० का ३५ वर्षिय युवक घाईते भएका हुन् ।

मोटरसाईकलले अटोलाई ओभरट्याक गर्दा प्रहरीको गाडिसँग ठक्कर खाएको नवलपुर प्रहरीले जनाएको छ ।
घाईतेको दायाँ खुट्टा र ओठमा चोट लागेको छ भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो । घाईतेको नवलपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।