मिनाक्षी कंडेल, नवलपुर । यस बर्ष नवलपुर जिल्लाकाे पहाडी भेगमा उत्पादन हुने तरुलकाे व्यापारमा कमि आएकाे छ । तरुल उत्पादन राम्राे हुने तथा यहाँ उत्पादित तरुलहरु जिल्लाका स्थानिय बजार लगायत काठमाडौँ, वुुटवल, नारायणगढ, पोखरा र अन्य जिल्लाहरुमा पनि माग हुने गर्दथ्याे । काेराेना भाइरसकाे महामारीबाट सृजित लकडानको कारणाले गर्दा याे बर्ष यस क्षेत्रमा पनि नराम्राे असर परेकाे छ । किसानले उत्पादन गरेकाे तरुलहरु न स्थानिय वजारमा विक्री भएकाे छ न त विभिन्न जिल्लाबाट माग आएकाे छ । तरुलकाे खपतमा आएकाे कमिका कारण यहाँका किसानहरू मारमा परेका छन् ।
विशेष गरि माघेसंक्रान्तीलाई लक्षित गरि नवलपुुर जिल्लाको कावासोती कृषि उपज थोक बजार बजार क्षेत्रबाट अन्य जिल्लामा तरुलको निर्यात गरिदै आएपनि तरुलको ब्यापार पहिले जस्तो नभएको कृषि उपज थोक बजार ब्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बस्यालले जानकारी दिनुभयाे । कोरोना कारण मुुख्य शहर बजारमा चहलपहलमा कमि आउनुुका साथै कृषकले तरुलको मागमा कमि हुुन्छ भन्ने शंकाले नै तरुलको कम उत्पादन गरेको अध्यक्ष बस्यालले बताउनु भयाे ।
पहाडी क्षेत्रमा उत्पादन गरिने पिँडालुु तरुल,र बन तरुल गरी यि २ जातको तरुलको जिल्लामा राम्रो उत्पादन हुुदै आएको छ । प्रति के.जी ५० देखि १ सय रुँपैयामा बिक्री हुुने गरेको छ । गत बर्षहरुमा न्यूूनतम ५० लाख बराबरको तरुल निर्यात गरेपनि यसबर्ष भने ३० लाख बराबरको मात्रै तरुल निर्यात हुुने उहाँकाे भनाई छ ।