
नवलपुर ।
नेपाली काङ्ग्रेस पुर्बी नवलपरासीले संसद बिघटनको बिरोध गर्दै आज जिल्लाका विभिन्न स्थानमा बिरोध प्रर्दशन गरेको छ । संसद बिघटनको बिरोध गर्दै काङ्ग्रेसले जिल्लाको सदरमुकाम कावासोती , डन्डा ,दुम्कीबास र गैडाकोटमा बिरोध प्रदर्शन गरेको हो ।
जिल्लाको चार स्थानमा भएको बिरोध प्रदर्शनलाई जिल्लास्तरीय नेताहरूले सम्बोधन गरेका थिए । उनीहरूले प्रधानमन्त्री ले गरेको संसद बिघटन गैर संबैधानिक भएको भन्दै बिरोध गर्नु परेको बताएका छन ।
