नवलपुर ।
नेकपा ओली समूहका स्थायी कमिटि सदस्य एवम् उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले नेकपा अध्यक्ष प्रचण्डले पदको लोभमा नेकपा पार्टि फुटाउन खोजेको आरोप लगाउनुभएको छ । प्रचण्डलाई प्रधानमन्त्रि, माधवकुमार नेपाललाई पार्टि अध्यक्ष र झलनाथ खनाललाई राष्ट्रपती बन्ने लोभमा पार्टि फुटाउन अघि बढेको आरोप लगाउनुभएको हो । नवलपुरको कावासोतीमा आइतबार अगुवा कार्यकर्ता भेलालाई सम्बोद्धन गर्दै उहाँले फार्टि फुटको संघारमा पुगेको बताउनुभयो ।
नवलपरासीपूर्व कावासोतीस्थित सितारा रिसोर्टमा आयोजित ओली समूहको कार्यकर्ता भेलामा बोल्दै उर्जामन्त्री टोपबहादुर रायमाझीले आफ्नै पार्टीका नेता तथा सांसदहरु पार्टी फुटाउने योजनाका साथ सरकारको विरोधमा उत्रिएको बताउनुभयो ।
नेकपा अध्यक्ष प्रचण्डले पूर्व एमालेलाई फुटाउन खोज्दा आफ्नै माओवादीभित्र फुट आएको मेसो नपाएको बताउनुभयो।
आफ्नै पार्टीका नेता र सांसदहरुले सरकारले गरेका राम्रा कामको प्रचारप्रसार र स्थापित गर्न छाडेर सरकारको विरोध गर्ने काम मात्रै गरेको मन्त्री रायमाझीले आरोप लगाउनुभयो ।
यस्तै, नेकपा ओली समूहका गण्डकी प्रदेश सहइन्चार्ज एवम् गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले संसद विघटनको मुद्दा सर्वोच्च अदालतले संवैधानिक इजलासमा पठाउनु नै संसद विघटनको प्रक्रिया संवैधानिक कदम पुष्टी भएको उल्लेख गरे ।
भेलामा सम्बोधन गर्न मन्त्री रायमाझी कावासोती आएकाबेला प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कार्यक्रमस्थल बाहिर कालोबलुनमा असंवैधानिक कदम खारेज गर, गद्दारहरु होसियार लेखेको कालो व्यानर बनाएर उडाउनुका साथै ठाउँ ठाउँमा कालो झण्डा र ब्यानर राखेका थिए ।