नवलपुर ।
लायन्स क्लव अफ नवलपुर , कावासोती र एम आर आर टिम नवलपुरको सयुक्त आयोजनामा कावासोती –८ मा रहेको मौलाकालीका अपाङ्ग सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
कावासोती –८ मा रहेको मौलाकालीका अपाङ्ग सेवा केन्द्रमा रहेका बालबालीकाको आज निशुल्क स्वास्थ्य परीक्षण एवम् औषधि उपचार गरीएको लायन्स क्लव अफ नवलपुर कावासोतीका संस्थापक अध्यक्ष बुद्धि सागर पोख्रेल (सागर) ले जानकारी दिनुभयो ।
भरतपुरमा रहेको एभरेष्ट अस्पतालमा कार्यरत डाक्टर राजन पौडेल सहितको टोलीले सेवा केन्द्रमा रहेका १७ जना बालबालिकाको निशुल्क स्वास्थ्य परीक्षण एवम् औषधि उपचार गरीएको संस्थापक अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।
स्वास्थ्य परीक्षणमा सम्लग्न टोली प्रमुख डाक्टर पौडेलले सेवा केन्द्रमा रहेका सबै बालबालिकाको आफु आवद्ध रहेको भरतपुरमा रहेको एभरेष्ट अस्पतालबाट सदैव ल्याव, एम्वुलेन्स खर्च, औषधि उपचार सहित बिरामी कुरुवा खर्च समेत निशुल्क गरीदिने घोषणा गर्नुभएको थियो ।
स्वास्थ्य शिविरमा लायन्स क्लव अफ कावासोती र एम आर आर टिम नवलपुरका सदस्यहरुको संक्रिय सहभागीता रहेको थियो भने कार्यक्रमलाई शंकर पोलीक्लीनिक कावासोती र हाम्रो थकालीकिचन एण्ड लजले समेत सहकार्य गरेको क्लवका सचिब रमेश बस्ताकोटीले जानकारी दिनु भयो ।