नवलपुर ।
नवलपुरका सामुदायिक बिद्यालयहरुले शिक्षण सहयोगका नाममा बिद्यार्थीबाट शुल्क असुलिरहेका छन् । आज मंगलवारबाट नवलपुरका सरकारी विद्यालयमा परीक्षा शुरु भएको छ । परीक्षाको पूर्वाद्र्धमै शुल्क ल्याएर नबुझाए परीक्षा प्रवेश पत्र नदिने, परीक्षामा सामेल नगराउने लगायतका चेतावनी दिदै बिद्यार्थीलाई कक्षाकोठामै मानसिक दवाव दिएर शुल्क उठाउने गरेका छन् ।
कोभिड- १९ प्रभावका कारण लामो समयसम्म ठप्प भएका विद्यालयहरु बिद्यार्थी तथ्याङ्क अभिलेखीकरणको वहानामा भर्ना अभियान नै गरेर २ हजार रुपैंया अग्रिम शुल्क दिएर बिद्यालय पठाएका बावु–नानीलाई पुरा ३ महिना पनि राम्रोसँग पठनपाठन नहुदै सरकारी स्कुलले परीक्षामा सामेल नगराउने भनेर बिद्यार्थीलाई कक्षाकोठामै सुनाएर पठाएपछि अभिभावकले गुनासो गरेका हुन् ।
देवचुलीमा रहेको देवचुली माविका प्रधानाध्यापक नारायण भण्डारीले लकडाउनका बेलामा पनि बिद्यार्थीलाई होम असाईन्मेण्ट, होम भिजिट लगायतबाट शैक्षिक क्रियाकलाप जारी राखेकाले विद्यालय सञ्चालनार्थ अभिभावकबाट शैक्षिक सहयोगका नाममा शुल्क उठाउनुको विकल्प नरहेको बताएका छन् ।
देवचुली माविले अहिले परीक्षाको बेलामा १ हजार रुपैंयाका दरले शुल्क उठाएको छ ।