काठमाण्डौ ।
देशमै उद्यमशिलता बढाउन र उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न भन्दै सरकारले २०७५ सालदेखि सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यक्रम थालेको थियो । आर्थिक वर्ष २०७५/७६ को बजेटमा उल्लेख भएको यो कार्यक्रममा लाई २०७५ सालको मौद्रिक नीतिमा समावेश गरियो र नेपाल राष्ट्र बैंकले त्यसै वर्षको कात्तिकमा कार्यविधि जारी गरेको थियो । संशोधन हुँदै गएको कार्यविधि अनुसार सहूलियतपुर्ण ब्याजमा विभिन्न १० प्रकारका कर्जा पाइन्छ । यसरी दिइने सहुलियतपूर्ण कर्जामा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधारदरमा २ प्रतिशतभन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नुपर्ने तथा ब्याज , सूचना शुल्क , बीमा प्रिमियम र कर्जा सुरक्षण शुल्कबाहेक अरु शुल्क लिन नपाउने व्यवस्था छ । सुरुको वर्ष र दोस्रो वर्षमा सहुलियतपूर्ण कर्जा कार्यक्रम खासै प्रभावकारी नभए पनि अहिले भने प्रभावकारी भइरहेको छ । समग्रमा अहिलेसम्म ५२ हजार ४८ जनाले सहुलियत ब्याजको कर्जा लिएका छन् । यस्तो कर्जामा ८६ अर्ब २ ९ लाख रुपैयाँ विभिन्न बैंकले लगानी गरिसकेका नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कुन योजनामा कतिले लिए कर्जा ?
नेपाल राष्ट्र बैंकको सहुलियत कर्जाको लागि ब्याज अनुदान एकीकृत कार्यविधिअनुसार व्यावसायिक कृषि उपज तथा पशुपंक्षी कर्जा अन्तर्गत पाँच करोड रुपैयाँसम्म कर्जा पाइन्छ । शिक्षित युवा स्वरोजगार कर्जा सात लाख रुपैयाँसम्म , विदेशबाट फर्किएका युवा परियोजना कर्जा दश लाख रुपैयाँसम्म , महिला उद्यमी कर्जा १५ लाख रुपैयाँसम्म , दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँसम्म , उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा पाँच लाख रुपैयाँसम्म , भूकम्प पीडितको लागि आवास कर्जा तीन लाख रुपैयाँसम्म , कपडा उद्योग सञ्चालनको लागि पाँच करोड रुपैयाँसम्म , प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् मान्यता प्राप्त संस्थाबाट लिइने तालिमको लागि २ लाख रुपैयाँसम्म र युवा वर्ग स्वरोजगार कर्जा पाँच लाख रुपैयाँसम्म प्राप्त गर्न सकिन्छ व्यावसायिक कृषि उपज तथा पशुपंक्षी कर्जा व्यावसायिक कृषि उपज तथा पशुपंक्षी कर्जा अन्तर्गत २०७५ सालको असारसम्म १७ हजार २ सय ३ जनाले कर्जा लिएका छन् । २०७६ सालको असारसम्म २४ हजार ७ सय ६३ जनाले कर्जा लिएकोमा मंसिर महिनासम्म ३० हजार ८ सय ७ जनाले यो कर्जा प्राप्त गरेका छन् । चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै ६ हजार ४४ जनाले व्यावसायिक कृषि उपज तथा पशुपंक्षी कर्जा लिएका छन् । यो कर्जामा अहिलेसम्म ६८ अर्ब ६ ९ करोड रुपैया लगानी भइसकेको राष्ट्र बैंकले जनाएको छ ।
शिक्षित युवा स्वरोजगार कर्जा
यो कर्जा अन्तर्गत शिक्षित युवाहरुले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर उद्यम गर्नको लागि सात लाख रुपैयाँसम्म कर्जा पाउन सक्छन् । स्नातक तह उत्तिर्ण गरेर ४० वर्ष ननाघेका युवाले यो कर्जा पाउँछन् । २०७६ सालको असारसम्म २४ जनाले यो कर्जा प्राप्त गरेकोमा २०७७ सालको असारमा ६५ जना पुगेका थिए । मंसिरसम्म ८५ जनाले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिएका छन् । अहिलेसम्म ४ करोड ५० लाख रुपैयाँ यो कर्जामा लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।
विदेशबाट फर्किएका युवा परियोजना कर्जा
विदेशमा सिकेको सिप नेपालमा उपयोग गरेर उद्यमी गर्न चाहनेले दश लाख रुपैयाँसम्म कर्जा पाउँछन् । एकपटक विदेश गएका युवा फेरी विदेश जानु नपरोस् भनेर सरकारले विदेशबाट फर्किएका युवालाई लक्षित गरेर यो कार्यक्रम ल्याएको थियो । २०७६ सालको असारसम्म ४ ९ जनाले यस्तो कर्जा लिएकोमा २०७७ सालको असारमा २ सय २१ जनाले कर्जा लिएका छन् । अहिलेको मंसिरसम्म ४ सय ६० जनाले यस्तो कर्जा लिएका छन् । चालु आर्थिक वर्षको पाँच महिनामा २ सय ३ ९ जनाले विदेशबाट फर्किएका युवा परियोजना कर्जा लिएका छन् । यो कर्जामा अहिलेसम्म ३३ करोड ८० लाख रुपैयाँ लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।
महिला उद्यमी कर्जा
१८ वर्ष पूरा भएका कम्तीमा पाँच जना महिलाले समूह बनाएर व्यावसायिक आवेदन दिएमा महिला उद्यमी कर्जा पाउँछन् । उनीहरुलाई १५ लाख रुपैयाँसम्म कर्जा दिन सक्ने कार्यविधिमा उल्लेख छ । सुरुको वर्ष ७ सय ९ जनाले महिला उद्यम कर्जा लिएकोमा २०७७ सालकाेअसारसम्म ६ हजार ६ सय ८२ जनाले यो कर्जा लिएका छन् । मंसिरसम्म यो बढेर १ ९ हजार ६ सय ३५ मा पुगेको छ । पहिल्लो पाँच महिनामा मात्रै १२ हजार ९ सय ९ ३ जना महिला / महिला समूहले यस्तो कर्जा लिएका छन् । यो शीर्षकको कर्जामा अहिलेसम्म १५ अर्ब ८ ९ करोड रुपैयाँ लगानी भएको छ ।
दलित समुदाय व्यवसाय विकास कर्जा
दलित समुदायले गरिरहेका परम्परागत पेसालाई आधुनिक बनाउने र उनिहरुलाई व्यावसायिक बनाउनको लागि योकर्जाको सुरु भएको हो । यसमा १८ वर्ष उमेर पुगेका दलित समुदायका पाँच जना मिलेर आवेदन दिएमा १० लाख रुपैयाँसम्म कर्जा पाइन्छ । २०७६ सालको असारसम्म ७० जनाले यस्तो कर्जा लिएकोमा २०७७ सालको असारमा ३ सय ५१ जना पुगेका छन् । मंसिरसम्म दलित समुदाय व्यवसाय विकास कर्जा लिनेको संख्या ५ सय ६६ पुगेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै २ सय १५ जनाले कर्जा लिएका छन् । दलित समुदाय कर्जामा अहिलेसम्म ३२ करोड २० लाख रुपैयाँ कर्जा लगाएको छ । उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा
माध्यामिक शिक्षा पूरा गरेर २५ वर्ष ननाघेका व्यक्तिले उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा लिन पाउनेछन् । यस्तो पाँच लाख रुपैयाँ पाइने यस्तो कर्जा उनीहरुले उच्च शिक्षाको लागि खर्च गर्नुपर्छ । २०७६ सालको असारसम्म ६० जनाले यस्तो कर्जा लिएकामा २०७७ सालको असारसम्म ८४ जना पुगेका छन् । मंसिरसम्म ८७ जनाले उच्च शिक्षा कर्जा लिएका छन् । । कर्जामा अहिलेसम्म २ करोड ६ ९ लाख रुपैयाँ लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।