• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपुरमा निशुल्क स्थायी बन्ध्याकरण शिविर शुरु

पावर संदेश
   ७ माघ २०७७, बुधबार २०:५६  मा प्रकाशित
  • 640 पटक पढिएको







  • ज्ञानु पंगेनी, नवलपुर ।

    नवलपुरमा बुधबारदेखि निशुल्क स्थायी बन्ध्याकरण शिविर सुरु भएको छ ।

    देवचुली नगरपालिका स्थित दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रबाट शिविरको सुरुआत गरिएको छ । बुधबारदेखि सुरु भएको शिविर माघ २९ गते सकिने छ । स्वास्थ्य कार्यालय नवलपरासी पूर्वरको आयोजना तथा स्थानीय तहको समन्वय र सुनौलो परिवार नेपाल (मेरी स्टोप्स ईन्टरनेशनल)को सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
    जिल्लाका ८ वटै पालिकाका १२ र जिल्ला अस्पतालमा गरी १३ स्थानमा शिविर सञ्चालन हुने जिल्ल स्वास्थ्य कार्यालयका परिवार नियोजन निरिक्षक (सुपरभाईजर) बीर वहादुर श्रेष्ठले जानकारी दिनुभयो । निरिक्षक श्रेष्ठका अनुसार कावासोती नगरपालिका अन्तर्गत मध्यबिन्दु जिल्ला अस्पतालमा माघ ८, ९ र १० गते लगातार ३ दिन शिविर चल्नेछ ।
    मध्यबिन्दु नगरपालिकाका ३ ठाउँमा एक–एक दिन शिविर सञ्चालन हुने भएको छ । जसअन्तर्गत नयाँ बेलहानी स्वास्थ्य चौकीमा १२ गते, चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा १३ गते र नवलपुर स्वास्थ्य चौकीमा १४ गते शिविर सञ्चालन हुनेछ । बिनयी त्रिबेणी गाउँपालिकामा त्रिबेणी सुस्ता स्वास्थ्य चौकीमा माघ १६ र दुम्किबास स्वास्थ्य चौकीमा माघ १८ गते शिविर हुने छ । भने , हुप्सेकोट गाउँपालिकाको हुप्सेकोट स्वास्थ्य चौकीमा माघ २० र देउराली स्वास्थ्य चौकीमा २२ गते बन्ध्याकरण शिविर आयोजना गरिएको छ । बौदीकाली गाउँपालिकामा रकुवा प्राथमिक स्वास्थ्य केन्द्रमा माघ २४ गते र बुलिङ्टारको कोटथर स्वास्थ्य चौकीमा २५ तथा जौवारी स्वास्थ्य चौकीमा २७ गते शिविर सञ्चालन गरिने छ । यस्तै माघ २९ गते गैंडाकोटको प्रस्तावित गैंडाकोट नगर अस्पताल पिजौजी स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरेपछि सम्पन्न हुने श्रेष्ठले जानकारी दिनुभयो ।
    शिविरमा सन्तानको रहर पुगेका पुरुषका लागि भ्यासेक्टोमी र महिलाका लागि मिनिल्यापको सेवा निशुल्क रहेको श्रेष्ठले बताउनुभयो । साथै शिविरमा बन्ध्याकरण गर्ने सेवाग्राहिलाई सरकारको तर्फबाट खाजाखर्च समेत उपलब्ध गराउने र सेवाग्राहिलाई निशुल्क घरसम्मै पु¥याउने श्रेष्ठले जानकारी दिनुभयो ।
    स्वास्थ्य कार्यालयले जिल्लामा प्रतेक वर्ष शिविर सञ्चालन गर्दै आएको छ । सन्तानको रहर पुगेका दम्पत्तीहरुलाई घरदैलोमा नै स्थाई बन्ध्याकरण सेवा पु¥याउने , थोरै सन्तान भए उनीहरुको भविश्यका लागि लगानी गर्न सजिलो हुन्छ भन्ने सन्देश दिने र विकाससंगसंगै परिवार नियोजन पनि आवश्यक छ भन्ने कुरा बुझाउने यस कार्यक्रमको उदेश्य रहेको स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख केशव प्रसाद चापागाईंले बताउनुभयो ।
    जिल्लामा गत वर्षको तथ्याङ्क हेर्दा महिला भन्दा पुरुषको संख्या नै बढि हुने गरेको चापागाईं बताउनुहुन्छ । गत वर्षको तथ्याङ्क अनुसार ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिलाले स्थाई बन्ध्याकरण गरेका थिए । यस वर्ष पनि पुरुषको संख्या बढि हुने नभए बराबरी हुने आकलन गरिएको चापागाईंको भनाई छ ।
    सल्यक्रियाका लागि डाक्टर सूर्यदेवको नेतृत्वमा टोली खटिएको छ । स्वाथ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविका सहित गरि दैनिक रुपमा कम्तिमा २५ देखि ३० जनाको टोली शिविरमा खटिने चापागाईले बताउनुभयो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑