• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुलीमा विद्यार्थी, शिक्षक र अभिभावकलाई विपद व्यवस्थापन योजना तर्जुमा सम्बन्धी कार्यशाला

पावर संदेश
   १२ माघ २०७७, सोमबार १८:४२  मा प्रकाशित
  • 549 पटक पढिएको







  • दयाराम आचार्य, देवचुली ।
    विद्यालय स्तरीय विपद व्यवस्थापन योजना तर्जुमा कार्यशाला आजदेशी देवचुली नगरपालिकामा शुरु भएको छ । देवचुली नगरपालिकाको भिमसेन माध्यामिक विद्यालयमा दिगो खानेपानी तथा क्षमता अभिवृद्धि परियोजना (नापावास)को आयोजनामा चार दिने विद्यालय स्तरीय विपद व्यवस्थापन योजना तर्जुमा कार्यशाला आज देखी शुरु भएको हो ।
    विपदको बारेमा जानकारी दिने, विद्यालयमा रहदा कुनै विपदका घटना घटे के गर्ने, कसरी व्यवस्थापन गर्ने र विपदका कारण हुने क्षती न्यूनिकरणमा सहयोग पुर्याउने उद्येश्यले कार्यशालाको आयोजना गरिएको नापावासका प्रोजेक्ट म्यानेजर प्रविण घिमिरेले बताउनुभयो । चार दिनसम्म चल्ने कार्याशालामा विपद पूर्व अपनाउनुपर्ने सावधानी, विपदको समय र विपदपश्चात भएको क्षती न्यूनिकरण र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समेत जानकारी प्रदान गरिने प्रोजेक्ट म्यानेजर घिमिरेले बताउनुभयो ।
    दुई दिनसम्म सैदान्तिक हिसाबले विपदका बारेमा जानकारी प्रदान गरिने र तेश्रो र चौथो दिन क्रमश कुनै विपद घटिहाले तेसको व्यवस्थापन, विपदका समयमा कसरी सुरक्षित रहने,विपदपश्चात कसरी उद्धार गर्ने, फस्र्ट एड किट, अन्य अत्यआवश्यकीय सामाग्रिको व्यवस्थान कसरी गर्ने लगाएतका विषमा प्रयोगात्म रुपमा सिकाइने छ ।
    कार्यशालाकै क्रममा विद्यालय स्तरमा भएका विपदको पहिचान, र त्यको व्यवस्थापनाकालागि कार्ययोजना समेत निर्माण गरिने छ । आजबाट शुरु भएको चार दिने कार्यशालामा भिनसेन मावि र कालीका माविका विद्यार्थी, शिक्षक,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक लगाएत गरी तीस जनाको सहभागिता रहेको नापावासका प्रोजेक्ट म्यानेजर घिमिरेले बताउनुभयो ।
    कार्यशालामा प्रशिक्षक राजकुमार लम्सालले प्रशिक्षण प्रदान गर्नुभएको छ । नापावासले देवचुली नगरपालिकामा खानेपानी र सरसफाईका क्षेत्रमा काम गर्दै आएको छ । विद्यालय वास कार्यक्रम भित्र अन्र्तगत विपद व्यवस्थापनको कार्ययोजना पनि पर्ने र विद्यालय स्तरमा विपदका बारेमा तालिप लिएको जनशक्ति पनिरहनुपर्ने भएकाले यस प्रकृतिको कार्यक्रम विद्यालयमा संचालन गरिएको जनाइएको छ । नापावासको परियोजना अहिले अन्तिम चरणमा पुगेको र परियोजना थप हुँदै गए आगामि दिनमा अन्य विद्यालयमा समेत विपद व्यवस्थापन योजना तर्जुमाका कार्यक्रम संचालन गरिने नापावासका प्रोजेक्ट म्यानेजर घिमिरेले बताउनुभयो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑