काठमाडौं -नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिचाईमन्त्री एनपी नेकपाका शिर्ष नेताको राजनीतिक भागबण्डाका कारण जनताले दुख पाएको आरोप लगाएका छन्।
रौतहटको चन्द्रनिगाहपुर स्थित होटल ए एन प्लाजामा सामाजिक अभियानता एवम् नेपाली कांग्रेसका युवा नेता नितेश कुमार गुप्ताको जीवनमा आधारित वृतचित्रको बिमोचन कार्यक्रम बोल्दै पूर्वमन्त्री साउद प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम बीचमा शक्ति, सत्ता र राजनितिक नियुक्तिकोे भागवण्डा नमिल्दा देश र जनताले दुःख पाएको आरोप लगाएका हुन्।
नेपाली काँग्रेसले सुरुदेखिनै यी दुई पार्टी बीचको एकता अप्राकृतिक भन्दै आएको र विचार र सिद्धान्तनै नमिलेकोले सो मिलन यात्रा लामो समयसम्म नटिक्ने भन्दै आएको र आज आएर सो सत्य सावित भएको उनले बताए।
‘जसलाई जनताले जिताएर पठाए उनीहरुलाई देश चलाउन दिन्छौ, हामी तगारो हाल्दैनौँ बरु पाँच वर्ष कुछौँ भनेर भनेका थियौ’ उनले भने, ‘नेपाली काँग्रेसले कुनैपनि दिन सदन अबरुद्ध गरेन, रेलिङ्ग भाँचेन सरकारलाई साथ दिइरह्यो। तर उनीहरु बीचकै आपसी लडाइले देश आजको अवस्थामा पुगेको छ।’नेता साउदले नेपाली काँग्रेसले दह्रोसँग प्रतिपक्षको भूमिका खेल्न नसकेको आरोप खेप्दै आएको भएपनि ५ बर्ष नै यो सरकार चल्नु पर्ने पक्षमा रहेको बताए।