
दयाराम आचार्य,देवचुली ।
नवलपुरको देवचुली नगरपालिकामा चार दिन देखी संचालनमा रहेको विद्यालय स्तरीय विपद व्यवस्थापन योजना तर्जुमा कार्यशाला आज सकिएको छ ।
देवचुली नगरपालिकाको भिमसेन आदर्श माध्यामिक विद्यालयमा दिगो खानेपानी तथा क्षमता अभिवृद्धि परियोजना ९नापावास०को आयोजनामा संचालन गरिएको कार्यशाला आज सकिएको हो ।

विपदको बारेमा जानकारी दिने, विद्यालयमा रहदा कुनै विपदका घटना घटे के गर्ने, कसरी व्यवस्थापन गर्ने र विपदका कारण हुने क्षती न्यूनिकरण कसरी गर्ने भन्ने विषयमा जानकारी दिने गरी आयोजना गरिएको कार्यशाला आज सकिएको हो ।
कार्यशालाको समापन कार्यक्रममा बोल्दै देवचुली नगरपालिका उप प्रमुख पार्वता तिवारीले विपद एक्कासि आउने भएकाले यसको क्षती न्यूनिकरणकालागि पूर्व तयारी गर्नुपर्ने बताउनुभयो । हरेक क्षेत्रमा विपदको पूर्व तयारी गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । जलवायु परिवर्तनका कारणले समेत विभिन्न खालका प्राकृतिक विपद घटने गरेको भन्दै यसतर्फ समेत सचेत हुनुपर्ने उप प्रमुख तिवारीले बताउनुभयो । देवचुली नगरपालिकाले समेत विपदको व्यवस्थापनकालागि योजना बनाएर पूर्व तयारीका कामहरू अगाडि बढाउन लागेको बताउनुभयो । विपद पूर्व व्यवस्थापनको योजना बनाएर विपदका समयमा हुने क्षती न्यूनिकरणमा लाग्न समेत उहाँले जोड दिनुभएको छ ।
देचवुली नगरपालिका वडा नम्बर ७का वडा अध्यक्ष भुपराज पाठकले विदपबाट हुने क्षती न्यूनिकरणकालागि र यसको व्यवस्थापनाकालागि विद्यार्थीहरुमा जानकारी दिन नियमित पाठ्यक्रममा समेत विस्तृत रुपमा समावेश गर्नुपर्ने बताउनुभयो ।
कार्यशालाका प्रशिक्षक राजकुमार लम्सालले समुदाय स्तरमा समेत विपद व्यवस्थापनका योजना बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सिकेका सिप ज्ञानको आफ्नो क्षेत्रपमा प्रयोग गर्न र सबैमा यसका बारेमा सचेत बनाउ सहभागिलाई अनुरोध गर्नुभएको छ ।
चार दिन्नसम्म चलेको कार्यशालामा विदपका विषयमा सैदान्तिक ज्ञान सहित, विपदको समयमा कसरी व्यस्थापन गर्ने भन्ने विषयमा प्रयोगात्मक समेत गराइएएको नापावासका प्रोजेक्ट म्यानेजर प्रविण घिमिरेले बताउनुभयो । चार दिनसम्म चलेको कार्याशालामा विपद पूर्व अपनाउनुपर्ने सावधानी, विपदको समय र विपदपश्चात भएको क्षती न्यूनिकरण र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समेत जानकारी प्रदान गरिएको प्रोजेक्ट म्यानेजर घिमिरेले बताउनुभयो ।
कार्यशालामा भिनसेन मावि र कालीका माविका विद्यार्थी, शिक्षक,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक लगाएत गरी तीस जनाको सहभागिता रहेको थियो ।
कार्यशालाको समापन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुषालले अध्यक्षतामा भएको थियो । नापावासले देवचुली नगरपालिकामा खानेपानी र सरसफाईका क्षेत्रमा काम गर्दै आएको छ ।