• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

सभामुख सापकोटाद्वारा संवैधानिक परिषद्का नियुक्ति सिफारिस फिर्ता

पावर संदेश
   १८ माघ २०७७, आईतवार २०:१२  मा प्रकाशित
  • 375 पटक पढिएको







  • काठमाडौं ।

    हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदबाट भएका नियुक्ति फिर्ता गरेका छन् । मुख्य सचिवलाई पत्राचार गर्दै सभामुख सापकोटाले पुस ५ गते प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाई गर्न नसकिने लगायतका कारणहरु देखाउँदै नियुक्तिको सिफारिस फिर्ता गरेका हुन् । सभामुख सापकोटाले निर्णय प्रक्रियाको वैधानिकतामाथि नै प्रश्न उठाएपछि अब, सरकार र प्रतिनिधिसभाबीच अर्को मतभेद चर्किने संकेत देखिएको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा जारी धर्ना कार्यक्रमलाई नेकपाको प्रचण्ड–माधव पक्षले पूर्व निर्धारित समय अघि नै टुंग्याएको छ । ४ दिनदेखि माइतीघर मण्डलमा धर्ना दिइरहेको सो पक्षले यसअघि २१ माघसम्म धर्ना जारी राख्ने गरी कार्यक्रम घोषणा गरेपनि आइतबार अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालसमेत सहभागिता पछि धार्ना कार्यक्रम टुंग्याएको हो । यसैबीच धर्नामा उपस्थित नेताहरूले प्रधानमन्त्री ओली प्रतिक्रियावादीको मतियार बनेर इतिहासको कुपात्र बनेको नेताहरूको टिप्पाणी गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौंमा गर्ने जनसभाको तयारी थालेको छ । सवारी आवत जावत र ट्राफिक जामलाई मध्यनजर गर्दै सभाको आयोजनास्थल नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको कमिटीले जनाएको छ, भने सभामा मानिसको चाप पनि धेरै हुने ओली पक्षको दावी छ । तर, नेकपाको दाहाल–नेपाल समूहले भने, सोही जनसभाबाट प्रधानमन्त्री ओलीले हिन्दू राष्ट्र घोषणा गर्न सक्ने आरोप लगाएको छ ।

    अमेरिकाको आर्थिक वृद्धिमा सन् २०२० मा ३.५ प्रतिशतले गिरावट आएको छ । अमेरिकाको अर्थतन्त्रको आकार यति धेरैले घटेको सन् १९४६ अर्थात् दास्रो विश्वयुद्धपछिकै पहिलो पटक भएको तथ्यांकले देखाएको हो । यद्यपि, अमेरिकाका फेडरल रिजर्वका अध्यक्ष जेरोम पावलका अनुसार पछिल्लो महिनामा भने आर्थिक सुधार सुस्त देखिएको छ ।

    विभागीय टिम नेपाल पुलिस क्लब राष्ट्रिय महिला लिग फुटबलमा चन्द्रपुरलाई ३–१ गोलअन्तरले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित् एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले चन्द्रपुरविरुद्ध सहज जीत निकाल्दै लिगको दोस्रो स्थानमा उक्लिएको हो भने, खेलमा हार बेहोरेको चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑