
देवचुली ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको सातौं नगरसभा आज आईतबार सम्पन्न भएको छ । दुई वटा विधयक पास गर्दै देवचुलीको सातौँ नगरसभा सम्पन्न भएको हो ।

नगर सभामा जलश्रोत विधयक २०७७ र वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधयक २०७७ पास भएको छ।
विधयक समितिका संयोजक दिनेश भुषासले पेश गरेको विधयक सर्वसम्मत पास भएको हो ।
त्यसैगरी उपप्रमुख पार्वता तिवारीले पेश गरेको २०७७ साउनदेखि पौष मसान्तसम्मको आर्थिक तथा प्रगति विवरण पनि सर्वसम्मत पास भएको थियो । सभा नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।