राजु चापागाईं, देवचुली ।
किन्डर इन नेपालको सहयोगमा देवचुली नगरपालिका वडा न ६ को कार्यालय र जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा बाख्रापालन सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम आज देवचुली वडा न ६ कीर्तिपुरमा सम्पन्न भएको छ ।जागृति बाल तथा युवा सरोकार नेपालबाट देवचुली ६ कीर्तिपुरमा आयआर्जन कार्यक्रम अन्तर्गत बाख्रापालनका लागि ९० परिवारका लागि १८० वटा जमुनापारीका पाठी र दुईवटा बियाड बोका प्रदान गरिएको थियो ।
पछिल्लो समय २५ परिवारका लागि बाख्रा वितरण गरिएको थियो । उक्त परिवारका लागि बाख्रापालन सम्बन्धि जानकारी प्रदान गर्न कार्यक्रम आयोजना गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले बताउनुभयो ।कार्यक्रमको सहजीकरण देवचुली नगरपालिकाका पशु शाखाका विजय ढकाल, कृषि शाखाका नरेन्द्र भण्डारी र देवचुली नगरपालिकाका प्रशासकीय अधिकृत अविनाश पन्थीले गर्नुभएको थियो । बाख्राको पालन कसरी गर्ने, खोरको व्यवस्थापन कसरी गर्ने, घाँस कसरी र कुन खुवाउने भन्ने बारेमा र सामान्य समस्याहरू आउँदा कसरी समाधान गर्न सकिन्छ भनेर पशु शाखाका विजय ढकालले, किर्तिपुरमा हुने घाँसहरुको जात, कसरी रोप्ने र घाँसको फाइदाहरुको बारेमा नरेन्द्र भण्डारीले र नगरपालिकाको सेवा प्रवाह, समुह भनेको के हो रु किन महत्वपूर्ण रहेको छ रु कसरी बैठकहरु सञ्चालन गर्ने र यसको नियमितताको लागि के के गर्न सकिन्छ भन्ने बारेमा अविनाश पन्थीले सहजीकरण गर्नुभएको थियो ।
जागृती बाल तथा युवा सरोकार नेपालले देवचुली ६ को कार्यालयसँग समन्वय गरी विद्यार्थीहरु शैक्षिक सहयोग र किसानहरुका लागि विभिन्न कार्यक्रम संचालन गरेको बताउनुभयो। दुईबर्ष अघिबाट वडाका किसानहरूलाई उन्नत जातका बाख्रा प्रदान गरेकोमा अहिले त्यसबाट निकै राम्रो आम्दानी हुन थालेपछी किसानहरु निकै नै खुसी भएको सोतीले बताउनुभयो ।
देवचुली नगरपालिका वडा न ६ का अध्यक्ष मीनबहादुर सोतीको अध्यक्षता भएको कार्यक्रमको संचालन जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले गर्नुभएको थियो ।