• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 25, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपुरमा एघार हजार मतदाता थपिए

पावर संदेश
   २७ माघ २०७७, मंगलवार १६:१०  मा प्रकाशित
  • 600 पटक पढिएको







  • नवलपुर ।

    नवलपरासी (बर्दघाट सुस्तापूर्व ) जिल्लामा एघार हजार बढी मतदाता थपिएका छन् । ‘नवलपुर’मा गत निर्वाचन भन्दा ११ हजार ४०९ नयाँ मतदाता थपिएका छन् ।

    जिल्ला निर्वाचन कार्यालयका प्रमुख ओमनारायण शर्माका अनुसार गत निर्वाचनका समयमा नवलपुरमा कूल दुई लाख २१ हजार ७१४ जना मतदाता रहेका थिए । नयाँ मतदाता थपिएसँगै यो सङ्ख्या बढेर हाल कूल मतदाता सङ्ख्या दुई लाख ३३ हजार १२३ पुगेको हो ।

    नवलपुरमा हाल एक लाख २३ हजार ५५२ महिला, एक लाख नौ हजार ५६७ पुरुष र तेस्रो लिङ्गी चार मतदाता रहेका छन् । यही माघ १६ र १७ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिएको थियो । मृत्यु भएका, बसाइँसराइ गरेका, नागरिकता त्याग गरेका, नागरिकता रद्द भएकालगायतका मतदाताको सङ्ख्या घट्ने उहाँले बताउनुभयो ।

    नवलपुरमा अद्यावधिकबाट करीब ३० मात्रै मतदाता घट्नसक्ने देखिएको कार्यालयले जनाएको छ । मृत्यु भएकाको नामावली आए पनि नागरिकता नम्बरसहित नआउँदा मतदाता नामावलीबाट नाम हटाउन नसकिने हँुदा कम मात्रमा सङ्ख्या घट्ने देखिएको छ । मृत्यु भएका व्यक्तिको मतदाता नामावलीबाट नाम हटाउन एकाघरपरिवारका सदस्यले खासै चासो नदिँदा यो सङ्ख्या घट्ने अवस्था कम भएको उहाँले बताउनुभयो । अद्यावधिकपछिको मतदाता नामावलीको विवरण निर्वाचन आयोगमा पठाइने र आयोगले अन्तिम नामावली पठाएपछि एकिन मतदाताको सङ्ख्या थाहा हुने प्रमुख शर्माले जानकारी दिनुभयो ।

    यस्तै जिल्लामा एउटा नयाँ मतदानस्थल थप हुने भएको छ । केही मतदानस्थल सार्ने तथा केहीको नामावली सच्याइने कार्यालय जनाएको छ । मध्यविन्दु नगरपालिका –१३, नम्बर वडामा पर्ने कोटथर भन्ने स्थानका– ३५० जना मतदाता २५ किलोमिटर एकोहोरो यात्रा गरेर मत हाल्न दुवाकुन भन्ने ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको कारण कोटथरमा रहको कालिका मन्दिर सामुदायिक भवन खोप केन्द्रमा एउटा मतदानस्थल थप गर्ने निर्णय भएको जनाइएको छ ।

    यसैगरी हुप्सेकोट गाउँपालिका–४ स्थित साविक गाविस भवनमा रहेको मतदानस्थललाई हुप्सेकोट गाउँपालिकामा सार्ने भएको छ । मध्यविन्दु नगरपालिकामा पर्ने नारायणी स्वास्थ्यचौकीमा रहेको मतदानस्थलमा अहिले वडा कार्यालय स्थापना भएकाले नाम परिवर्तन गर्ने र जिल्लाका विभिन्न स्थानका साविकका केही मतदानस्थलको नाम परिवर्तन गर्नुपर्ने देखिएकाले ती नामलाई परिवर्तन गर्ने समेत निर्णय भएको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

    सरकारले निर्वाचनको घोषणा गरेसँगै निर्वाचन कार्यालयले मतदाताको नामावली अद्यावधिक गर्ने काम सकेको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑