• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपुरका सडकमा बिग्रेका सवारीसाधन नहटाउदा दुर्घटनाको जोखिम

पावर संदेश
   २७ माघ २०७७, मंगलवार १६:३०  मा प्रकाशित
  • 756 पटक पढिएको





  • सांकेतिक तस्बिर


    कावासोती ।

    बिग्रेका सवारीलाई समयमै व्यवस्थापन गर्न नसक्दा राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बिग्रिएर रहेका धेरै सवारी समयमा नहटाउँदा दुर्घटनाको जोखिम बढेको हो । जिल्लाको दाउन्ने क्षेत्रमा बिग्रिएका सवारीका कारण झनै दुर्घटनाको जोखिम बढेको छ । साथै यस क्षेत्रमा बिग्रिएका सवारी समयमा नहटाउँदा जामको समस्या हुने गरेको छ ।

    दाउन्ने क्षेत्र अत्यधिक दुर्घटना हुने क्षेत्र भनेर चिनिन्छ । पहाडको उकालोओरालो, अप्ठेरो र घुम्ती धेरै हुँदा दुर्घटना बढी हुनेगर्छ । त्यसमाथि बिग्रेका सवारी छिट्टै व्यवस्थापन गर्न नसक्दा दाउन्ने क्षेत्रमा घण्टौँ जाम हुने समस्या हुँदै आएको छ ।
    विनयी त्रिवेणी गाउँपालिकादेखि बर्दघाट नगरपालिकासम्मको १४ किलोमिटर क्षेत्रको दाउन्ने पहाडमा दैनिकजसो छ सात वटा सवारी बिग्रने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख मुनेन्द्र थापा बताउनुहुन्छ ।

    धेरै भार बोकेका ट्रक बढी बिग्रने गरेको थापाको भनाइ छ । उकालोमा लोड तान्न नसक्दा ट्रक बिग्रने गरेको उहाँ बताउनुहुन्छ । ‘दैनिकजसो छ सातवटा गाडी बिग्रेकै हुन्छन्, कहिले बीच बाटोमै बिग्रन्छ , कहिले घुम्तीमै बिग्रन्छ । त्यसले गर्दा जाम हुने, दुर्घटना हुने धेरै समस्या पारेको छ ।’ थापाले भन्नुभयो,“सडको बिचमा र घुम्तीमा सवारी बिग्रदा निकै समस्या हुने गरेको उहाँ बताउनुहुन्छ ।” ‘बिग्रेका गाडीले जाम नगराओस्, दुर्घटना नगराओस् भनी ट्राफिक खटाउनपर्छ , कुरेर बस्नुपर्छ । तेही पनि कहिले त घण्टौँ जाम हुन्छ । जाडोको समयमा कुहिरोले रोकेका गाडी राम्ररी देखिन्न, त्यही गाडीमा अर्को गाडी ठक्कर खाएर दुर्घटना हुन्छ । ’ थापाले भन्नुभयो ।

    बिग्रेका सवारी तुरुन्तै हटाउन (साइड) लाउन नसक्दा पनि झनै समस्या हुने गरेको उहाँ भन्नुहुन्छ, “लोड ट्रक क्रेनले हटाउन सक्दैनन्, बनाउनैपर्ने हुन्छ । सवारी चालकले कहिले आवश्यक पाटपूर्जा नजिकै पाउँदैनन् । कहिले साहुसँग सम्पर्क हुनसकेन भन्छन् । कहिले मिस्त्री पाइएन भन्छन् । जसका कारण बिग्रेको सवारीलाई तुरुन्तै हटाउन हामी सक्दैनौं । ”

    दुर्घटनाको जोखिम कम गर्न र जाम हुने समस्या समाधानका लागि बिग्रेका सवारीको छिटो व्यवस्थापन गर्नु नै उत्तम विकल्प भए पनि आफूहरु त्यसो गर्न असमर्थ रहको थापा बताउनुहुन्छ । दाउन्ने क्षेत्रमा यात्रा गर्दा चिसो समयमा कुहिरो लागेका बेला चालक आफैँले सतर्कतापूर्वक सवारी चलाउन उहाँले आग्रह गर्नुभएको छ । क्षमताभन्दा बढी भार बोक्ने सवारीलाई कारवाहीको दायरामा ल्याउन सके केही हदसम्म यो समस्या कम गर्न सकिने उहाँले बताउनुभयो ।

    नवलपरासी पूर्वमा पर्ने पूर्व–पश्चिम राजमार्गका विभिन्न ठाउँमा सडकको कालोपत्र उप्किएर ठूलाठूला खाल्डो हुँदा आवतजावत गर्नेले निकै सास्ती भएको गुनासो गरेका थिए । दाउन्ने क्षेत्रको सडक पूरै जीर्ण बनेको थियो । गुनासो आएपछि अहिले सडक विभागले दाउन्ने क्षेत्रको सडक मर्मतसम्भार गरेको छ । ग्राभेल विछ्याएर रोलरले च्यापेर बाटो सम्याइएको छ भने, धुलो उड्न नदिनका लागि नियमित रुपमा पानी राख्ने गरेको छ । बाटोको मर्मत भएपछि अहिले आउजाउ गर्न सहज भएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑