
बैतडी ।
बलात्कार पछि हत्या गरिएकी बैतडीकि भागरथी भट्टको हत्या आरोपितलाई प्रहरीले पत्रकार सम्मेलन गरि सार्बजनिक गरेको छ । अनुसन्धानका क्रममा पक्राउ गरे पछि दोगडाकेदार गाउँपालिका ७ चडेपानीकै अन्दाजी १८ बर्सिय दिनेश भट्टले अपराध स्वीकार गरेको प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तम राज सुबेदिले जानकारी दिनु भयो । भागरथिले अध्यन गर्ने बिधालयमै ११ कक्षामा अध्यन गर्ने दिनेशले आफुले नै पारिवारिक रिसिबिका कारण हत्या गरेको बताएको प्रहरीले जनाएको छ । अहिले विभिन्न प्रमाणहरुको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

स्थलगत आबरण र अन्य जानकारिका आधारमा पक्राउ परेका दिनेशले नि हत्या गरेको पुस्टी भएको प्रहरीको दाबी छ । तर भेजेनल स्वाब लगायतका अन्य रिपोर्टहरुको जानकारी भने प्रहरीले दिन मानेको छैन । अझै पनि घटना अनुसन्धानका क्रममा रहेको सबै कुराको जानकारी दिन नमिल्ने भन्दै प्रहरीले आलटाल गरेको छ । बलात्कार पछि हत्या भएको होकि हत्या पछि बलात्कार भन्ने विषय पनि अनुसन्धानकै क्रममा रहेको भन्दै प्रहरीले जवाफ दिन मानेको छैन पक्राउ परेका दिनेश एक्लै हत्या गर्न नसक्ने भन्दै प्रहरीको आलोचना हुन थालेको छ । कतै प्रहरीले आस्तबिक अभियुक्त लुकाउन खोजेको होकि भन्ने आशन्खाहरु हुन थालेका छ ।
यता दोगदाकेदारका जनप्रतिनिधिहरुले भने प्रहरीको टोलि सफल भएको भन्दै फुलमाला सहित प्रहरीलाई बिधाई गरेको छ ।