
नवलपुर ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सिमाक्षेत्रमा बसोबास गर्ने स्थानियहरु बन्यजन्तुहरुको आक्रमणबाट निकै आजित छन् । लामो समयदेखि निकुञ्जको सीमाक्षेत्रमा बसोबास गर्ने स्थानियहरुलाई सहजता प्रदान गर्नुका साथै मानव बन्यजन्तुबिचको द्धन्द्ध न्यूनिकरणका लागि कावासोती नगरपालिकाले पिपिसि वाल र मेस जाली लगाएको छ । बन्यजन्तुको आक्रमण पहिलेभन्दा केही कम भएको छ । तर न्यूनिकरण हुन सकेको छैन् । बिभिन्न क्षेत्रमा मूल गेट निर्माणधीन रहेकाले गेटबाट बन्यजन्तु मानव बस्तीमा पुगी अन्नबालीमा क्षति पुर्याउने हुुँदा स्थानिय अझै ढुक्क्सँग बस्न सकेका छैनन् । मानव र बन्यजन्तु बीचको द्धन्द्ध न्यूनिकरणका लागि निर्माण गरिएको पिपिसी वाल र मूल गेटहरु आर्थिक बर्षमा सकनेगरी काम भईरहेको लामिचौर उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेलले बताए । धेरैजसो मानिसहरु जङगलमा घाँस दाउरा गर्न जानेक्रममा बढि बन्यजन्तुको अक्रमणमा पर्ने हुदाँ यसको सजगताका लागि संस्थाले पूर्व सर्तकता अपनाउनका लागि बिभिन्न जनचेतनामुलक कार्यक्रमसमेत गर्दै आएको र यसको प्रभावले तुलनात्मक रुपमा अहिले बन्यजन्तुको आक्रमणबाट घाईते हुने संख्यादरमा कमि आएको लामिचौर उपभोक्ता संस्था कावासोतीले जनाएको छ ।

निकुञ्ज र मध्यवर्ती सिमाक्षेत्रमा बसोबास गर्ने स्थानियहरु पीडित छदै छन् । सोही बिषयमा रिपोटिङको क्रममा एकदिन स्वंयम गैँडाको मुखबाट बचेँ । पौष महिनाको २३ बिहान ठिक १०ः०० बजे टेलिभिजन पुँगे । टेलिभिजन पुग्नासाथ क्यामेरा,डायरी र कलम सबै तयारी गरे । तयारीकै क्रममा क्यामेरा पर्सन ज्योती अधिकारी कार्यालयमा आईपुग्नुभो । समाचार प्रमुख बिदामा भएको हुँदा बेलुका ८ बजे प्रसारण हुने समाचार सबै स्वयंमले लेख्नुर्पदथ्यो । दुबै जना हतार हतार कार्यलयबाटै निस्कियौँ । रिपोटिङका लागि । समाचारको लागि सुरुवातमै कुराकानीका लागि कावासोती १७ को वडा कार्यालयमा पुग्यौँ र वडाअध्यक्षसंग वडाभित्र भएको काम र समग्र बिकास पूर्वाधार क्षेत्रमा वडाले गरेको गतिबिधि बारे स्थलगत रुपमा जानकारी लिदै गर्दा दिनको उत्तरार्धारमा आईपुगेका थियौँ । वडा नं १७ वडाअध्यक्षको कुराकानी पश्चात हामी कावासोती वडा नं १५ पुग्यौँ । वडाअध्यक्ष पनि हाम्रै पखाईमा थिए । वडाका विविध गतिविधि बिशेषत ःमाझी मुसहर समुदायको दैनिकीमा आएको परिवर्तनबारे जानकारी लिए ।
वडाअध्यक्षसमक्ष भिडियो लिदै गर्दा यस क्षेत्रमा पर्यापर्यटन क्षेत्रको सम्भावना कस्तो छ ? भनि पुनः एक प्रश्न थप गरे । वडाअध्यक्षले भने,अमलटारी होमस्टे कावासोती पन्ध्रसंगै नवलपुर जिल्लाको ठूलो पर्यटन क्षेत्रको सम्भाब्यता रहेको बताए । जहाँ आन्तरिक तथा बाह्य पर्यटन आगमन संख्या निकै बढेको बताउदै अमलटारी पिकनिक स्थलमा कावासोती नगर सहित जिल्लाका बिभिन्न स्थानबाट पिकनिकका लागि समूहगत रुपमा मानिसहरु आउने गरेको जानकारी पाएपछि हामी अमलटारी पिकनिक स्थलमा पुग्यौँ । नभन्दै ठूलो संखयामा मानिसहरु पिकनिकका लागि आएका थिए । स्वंयमले देखँेपनि । पौष महिनाको छोटो दिन २ वटा वडाअध्यक्षसंगको कुराकानी र वाईट लिदाँ समय ४ः३० भयो । बेलुकी ८ बजे समाचारको पिरलो मनमा छ । उही काम भोलीका लागि थाती राख्न पनि सकेनौँ । वडाकार्यालयबाट सिधै अमलाटारी पिकनिक स्थल पुग्यौँ । समूहगतरुपमा आएका मानिसहरु कोही खानाको तयारी गर्दै थिए भने कोही नाच्दैँ त कोही मनोरम दृश्यहरु अवलोकन गर्दै थिए । उनीहरुको मनमोहक गतिविधिहरुलाई समेटेर करिब १५ वटा सट भिडियो क्यामेरामा कैद गरे । कार्यलय फर्कने तयारीमा थियौँ ।सोहीक्रममा मनमा सोही ठाँउ घुम्ने रहर जाग्यो । काम गर्न पो गएको त, घुम्न पाएपछि काम पनि नभनिदो रैछ ,समय जसरी पनि ब्यवास्थापन गर्न सकिदो रहेछ । जुन कुरा सोही रिपोटिङको समयमा बुझँे ।पिकनिक स्थलबाट बाहिर नारायणी तिर जान गेट खुल्ला थियो । हामी स्कुटीबाट दुबै झयौँ । र नारायाणी नदि किनार पुग्यौँ । बेलुकी ५ बजेको थियो । डुब्नै लागेको घाम तैपनी नारायणी बिचभागमा निकै आर्कषणका रुपमा देखियो । ५ मिनेट नारायणी नदिको त्यो चिसो हावा अनि ति आसपासमा जङगल अवलोकन गयौँ । हातमा क्यामेरा डुब्नै लागेको फोटो खिच्ने निर्णय गरौँ । स्वयमको फोटो खिच्न सधैँ गाह्रो मान्ने क्यामेरा पर्सनलाई त्यस दिन फोटो खिच्न मन लाग्यो अनि मैले पनि २÷४ वटा फोटो खिचिदिए । फोटो खिचेपछि क्यामेरा मेरै हातमा थियो । आफूले खिचेको फोटो क्यामेरा पर्सनलाई देखाए । उम राम्रो आएछ,भन्दै हुनुहुन्थ्यो , उहाँ । म भन्दा केही पाईला उहाँ अगाडि हुनुहुन्थ्यो । म सिँधै क्यामेरामा फोटो कस्तो आएछ भनि हेर्दै,थिए ।
सुनसान ठाँउ, सधैँ हँसाउने अनि रमाईलो गर्ने क्यामेरा पर्सन, एक्कासी ओई मीना गैँडा भन्नुभयो ,मैले खोई कहाँ त्यसै बोल्ने’। क्यामेरामा आपूले खिचेको फोटो हेर्दा आखाँ अन्त लैजान मनै लागेन । फेरी चिच्याउनुभयो । ओई गैडा, आयो ।अनि अक्समात् ।अगाडि पछाडि हेरे देखिन् ।गैडा पश्चिमबाट हामीतिर आाउदै रैछ । गैडा देख्नासाथ मन अत्तालियो कहाँ जाँऊ, गैडाको सिधै अगाडि दौडिए । नारायणीतिरमा ५ जना चितवनका केही ब्यक्तिहरु नदि किनारमा ओर्लिदै थिए । क्यामेरा पर्सन त्यतै भाग्नुभयो । म गैडाको अगाडी अगाडी । जब मानिस समस्यामा पर्छ तब उसले सावधानी र बच्ने उपाय पनि बिर्सदो रैछ । सुनेकी थिए र पढेकी पनि गैँडाको अगाडी कहिल्यै नहिँड्नु ,भनेर तर स्वंयम त्यही समस्यासंग जुध्न पुगेँ । गैँडा देख्ना साथ दौडिन खोजे बालुवामा पाईला सरेजस्तो लागेन । एउटा जुत्ता झाँडी अर्को जुत्ता बालुवामा फाले । नदि किनारमा तटबन्धनका लागि मेस जाली बिछ्याईएको थियो । सोही जालीमाथि खाली खुट्टा,दौडिए गैँडा अझै अगाडी आईपुग्यो । मन आत्तियो, हाँतमा क्यामेरा ,आखाँमा आसुँ ,मन मस्तिष्कमा घरपरिवार अनि खाली खुट्टा दौडिदा खुट्टामा रगत, क्यामेरा पर्सनको चिच्यावट , झनै मन अत्तालियो खुट्टा दौडिदा दौडिदा लडबढाएर बाङगे टेक्न थाले ।
अब अन्तिम उपाय नारायणीमा पस्ने बिकल्प बाहेक मसंग केही थिएन । मान्छेको मर्ने दिन आएपछि दैलोमा ठेस लागेर पनि मर्छन् भन्थे । त्यस दिन स्वंयमले मेरो दिन आयो भनेर कल्पना गरिसकेकी म सायद मितिनै नपुगेको जस्तो लाग्यो । नारायणीमा पस्न दौडिसकेकी म कसो । सानो ढिस्को देखे । त्यहाँ पुग्नासाथ ठेस लाग्यो र त्यहीँ लडे । केही समय उठ्नै सकिन ।केही समयसम्म गैडाले नदेखेपछि सिधै अगाडी बढ्यो । वरपरकाले फेरि चिच्याउन थार्ले मीना यता आऊ भन्दै थिए । गैडा गईसकेको थियो । त्यो ढिस्कोमा सायद ठेस लागेर नलडेको भए पूर्नजन्म लिन पाउदिनथे होला । गैडा गयो भन्दै क्यामेरा पर्सन र अन्य डुङगामा आएका केही ब्यक्तीहरु हात समाए त कोही सम्झाउदै थिए । यसरी गैँडाको कहिल्यै अगाडी नभाग्नु ,नआत्तिनु भन्दै । मनमा ढुकढुकी उस्तै न थियो । कालो ज्याकेट,अनि हरियो घाँस अनि साथीहरुको चिच्यावटले गैँडा आफनै बाटो लाग्यो । क्यामेरा पर्सन र अन्य डुङगामा आएका ब्यक्तिहरुले नचिच्याएको भए । त्यसै दिन यस धर्तीबाट बिदा हुन्थ्ये होला । तीनै ब्यक्तीहरुको लागि यो स्टोरी लेख्दै छु,आज डरले खुट्टा कामेका थिएँ । आँखाको आँसु पुछे ।दसबैका कुरा सुने । निन्याउरो स्वरमा क्यामेरा पर्सनलाई घर जाऔँ भने, कोहीले चप्पल खोजेर ल्याईदिएका थिए कसैले पानी दिएका थिए । त्यस दिनको प्रत्यक्ष अनि अप्रत्यक्ष सहयोग अनि मायाँको लागि सबैप्रति आभारी छु । कार्यालय अनि घरबाट करिब ९ कि.मी. क्षेत्रमा पर्ने नारायणी नदि किनारबाट सिधैँ कार्यालय आईपुगेँ । काम केही गर्न सकिन काडे तारमाथिको दौडाईले खुट्टा निकै दुःखेको थियो । गैँडाको आक्रमण र मृत्यूको समाचार पढिरहँदा कहिल्यै आफनै समाचार बन्ने स्थिती सृजना हुदोँ रहेछ भन्ने अनेक खालका तर्कहरु मनमा आउन थाले ।
कार्यालयबाट घर नजिकै भएपनि एक्लै जाने हिम्मत नै आएन् । सहकर्मी ज्याती अधिकारी घरमै पुर्याउन जानुभो ।घरमा पुग्ने बित्तिकै सुरुमा वुवालाई देखेँ आखाँमा आसुँ थमाउन सकिन अनि बोल्ननी । एकछिनमा उत्तर दिँए आज गैँडाबाट बचेँ । अहो किन गाको उहाँ, मैले भने,समाचार लिन । यस्तो दुःख काम छोड्देउ भो भन्नुभयो । मनमा झनै नरमाईलो लाग्यो । आफूले काम गरेको क्षेत्रमा जस्तोसुकै समस्या अनि जिम्मेवारी आएपनि त्यसलाई सामना गनुपर्छ भनेर हिम्मत बढाईदिने वुवाले जागिर छोड्देऊ भन्दा मन झन आत्माग्यालीन भयो । फेरि वुवालाई भने केही भाछैन् । अब देखि गैडाबाट कसरीसर्तक हुनुपर्छ भन्ने कुरा बुझे भनि वुवालाई बिश्वास त दिलाए । तर त्यसको पीडा मनमा निकै डरलाग्दो थियो । मानिस केबल आफनो समस्यालाई मात्र दुःखको मुख्य बिषयको रुपमा हेरेको हुन्छ । हरेक समस्या र दुःख अनि अभावमा उसले कुनै न कुनै माध्यमबाट सिकाई प्राप्त गरेको हुँन्छ । त्यसलाई मानिसले अन्तरमन देखि पहिचान गर्न जरुरी हुन्छ । गैडाको मुखमा पुगेकी म हरेक दिन रिपोटिङकमा जाँदा स्थान के कस्तो छ । कसरी जान् ? अकस्मात् रुपमा जनावर देखिए के गर्ने लगायतको बिषयमा पहिलेनै कल्पना गरेपश्चात मात्रै उक्त स्थानमा जाने गर्दछु । बेलुकी ८ बजेको समाचार पढेर घर जानेक्रममा पोलमा बत्तिहरु बलिरहेको हुन्छ । तर पनि दाँयाबाँया नहेरीकन मनले मान्दैन जुन गैँडाबाट बचेको त्यस दिनको सकरात्मक प्रतिफल पनि हो, मेरा लागि ।