
कावासोती ।
नवलपरासीको कावासोती नगरपालिका ४ हसौराबाट नवलपुर प्रहरीले तास खेली रहेको अवस्थामा ४७ हजार ४ सय ५५ रुपैयाँ सहित १५ जनालाई शनिबार नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती ४ हसौरा निवासी ३४ बर्षीय लेखबहादुर थारुको घर जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिने क्रममा टेकबहादुर दर्लामी लडी घाइते भएको र उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने १५ जना सबै हसौराका हुन् ।
पक्राउ पर्नेमा लेखबहादुर थारु, प्रकाश भण्डारी, दीपक गिरी, बिरबहादुर महतो, खेम तिवारी, नवराज गौतम, भिम आले, राजन पाण्डे, चक्रपाणी पाण्डे, रामजी ढुंगाना, हरि महतो, हस्तबहादुर मल्ल, प्रेमकुमार महतो, प्रकाश शर्मा र उदय महतो रहेका छन् ।