
नवलपुर ।
देवचुली नगरपालिका– १, केउरेनीमा रहेको माता मनकामना चिम्नी इँटा उद्योगमा कार्यरत मजदुरका प्रारम्भिक बाल विकास तथा शिक्षा केन्द्रमा अध्ययनरत बालबालिकालाई बस्ने म्याट, टिफिन बक्स र स्टेसनरी वितरण गरिएको छ ।

युथ क्लब नारायणगढले ग्लोबल फियरनेस इनिसिएटिभको आर्थिक एवम् प्राविधिक सहयोगमा सञ्चालन गरिरहेको बेटर ब्रिक नेपाल कार्यक्रममार्फत वितरण गरिएको हो ।
उक्त वितरण समारोहमा उद्योगी कृष्ण गौतम, बाल कक्षा शिक्षक रिमा मगर, सामाजिक परिचालक वीरेन्द्र महतो, उद्योगका सुपरभाइजर त्रिलोचन अधिकारी, बेटर ब्रिक नेपाल परियोजनाका चितवन नवलपुरका फिल्ड संयोजक रामचन्द्र आचार्यलगायतको उपस्थिति रहेको थियोे ।