
चितवन ।
चितवनमा निलगाईकाे आक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ । माडीको सोमेश्वर सामुदायिक वनभित्र माडी नगरपालिका–६ स्याउलीबास निवासी एक पुरुसकाे जनाको मृत्यु भएकाे हाे ।
बिहान ५ जनाको समूहमा कुचो काट्न वनको भित्री भागमा पुगेका अन्दाजी ५० वर्षका वीरबहादुर तामाङको निधन भएको उनको परिवारिक स्रोतले जनाएको हो । घटनास्थल तर्फ गएकाे प्रहरीकाे टाेली फिर्ता भै नसकेकाे प्रहरी निरिक्षक झलक शर्माले जानकारी दिनुभयाे ।
