भिम भुसाल, देवचुली ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेको महिला कल्याण बहुउदेश्य सहकारी संस्था लिमिटेडको निर्वाचन नजिकिदै गर्दा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का उम्मेद्वारमा विवाद देखिएको छ । नेपाली काँग्रेस र नेकपाको पद बाँडफाडमा सहमति भए अनुशार १३ पद मध्ये नेकपामा उपाध्यक्ष पदमा बागि उम्मेद्वार उठेपछि विवाद देखिएको हो ।
राजनैतिक सहमती अनुशार अध्यक्ष,कोषाध्यक्ष, सह-सचिव, र २ सदस्य नेपाली काँग्रेसका तर्फबाट रहने छन् भने उपाध्यक्ष सचिव, ४ जना सदस्य र लेखा संयोजकमा नेकपाका प्रतिनिधी रहने छन् । लेखा सदस्य २ पदमा भने नेपाली कांग्रेसका प्रतिनिधी रहने राजनैतिक सहमती भएको छ । तर उपाध्यक्ष पदमा नेकपा भित्रै विवाद रहदा वागि उम्मेद्वारी परेको छ भने चुनाव चिन्ह समेत प्राप्त गरिसकेका छन् ।
फाल्गुन २२ गते हुने भनिएको निर्वाचनमा उपाध्यक्ष पदको लागि नेकपाको शेषकान्ति सापकोटा र हरिकला पुरी चुनावमा होमिने भएका हुन् । तर शेषकान्ति सापकोटाले भने चुनावमा नजान नगरपालिका समक्ष आग्रह गर्दै विज्ञप्ती नै निकाल्नुभएको छ । नेकपाले शेषकान्तिलाई उपाध्यक्ष र हरिकला पुरीलाई लेखा संयोजक बनाउने निणर्य गरेको थियो तर पार्टिको निणर्यलाई नमान्दै हरिकला पुरीको बागि उम्मेद्वारी परेको नेकपा देवचुली नगर कमिटिले बताएको छ ।
३१० जना महिलाले चुनाव नगराउन नगरपालिका समक्ष हस्ताक्षर गरि लिखित आग्रह गरिसकेका छन् तर देवचुली नगरपालिकाले चुनाव गराउन अनुमति दिईसकेको छ । निर्वाचन समितिले समेत दुवै जनालाई चुनाव चिन्ह दिईसकेको उम्मेद्वार हरिकला पुरीले बताउनुभयो । पुरीका अनुशार पार्टिले पद बाँडफाँडमा सहभागि नगराएको र छलफल नगरेका कारण आफ्नो इच्छा अनुशार उम्मेद्वारी दिएको पावर संदेशलाई बताउनुभयो ।
निर्वाचनमा जानेबाहेक अन्य विकल्प नरहेका कारण २ जनाले नै चुनाव चिन्ह सहित घोषणा पत्र लिएर चुनवमा होमिएको र २ दिन पछि चुनावमा नजाने भनेर शेषकान्ति सापकोटाले विज्ञप्ती निकाल्नुभएको उम्मेद्वार हरिकला पुरीले जानकारी दिनुभयो ।
निर्वाचन समितिबाट चुनावमा नजाने भनेर कुनै पनि पत्र वा जानकारी प्राप्त नगरेकोले चुनावमा होमिन तयार रहेको पुरीले बताउनुभयो । उपाध्यक्ष पदको उम्मेद्वार शेषकान्ति सापकोटाले भने चुनाव गराउने भए सवै पदमा गराउनुपर्ने राजनैतिक भागबण्डा गर्न नहुने तर्क राख्नुभएको छ । प्रजातान्त्रिक प्रणालीमा शेयर सदस्यको ईच्छा अनुशार राजनैतिक भागबण्डा नगरी निकास खोज्नुपर्ने बताउनुभयो र आफू निर्वाचनमा नजाने समेत सापकोटाको जिकिर छ ।