• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

हरेक दिन १० वर्षमुनिका एक बालिका बलात्कृत

अभियन्ता भन्छन् : प्रहरीको लापरबाही, प्रहरी भन्छ : प्रविधि दुरुपयोग
पावर संदेश
   २१ फाल्गुन २०७७, शुक्रबार १३:१४  मा प्रकाशित
  • 383 पटक पढिएको







  • अली असगर । 

    पछिल्लो समय बलात्कारको ग्राफमा १० वर्षमुनिका बालिकाको संख्या थपिँदै गएको छ। प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी बलात्कृत हुनेमा ११ देखि १६ वर्ष उमेर समूहका छन्।

    तर पछिल्लो समय १० वर्षमुनिका बालिकाहरू यौन हिंसाको सिकार हुने क्रम बढ्दै गएको छ। नेपाल प्रहरीका अनुसार प्रत्येक दिन औसतमा १० वर्षमुनिका एक बालिका बलात्कृत भइरहेका छन्।

    संघीय राजधानी काठमाडौंमै ९ वर्षीया बालिकासमेत बलात्कारको सिकार भइरहेका छन्। यही मंसिरमा राजधानीमै एक ९ वर्षीया बालिकाको बलात्कार भयो। ५० वर्षीय पुरुषबाट बलात्कार गरिएको सूचना पाएपछि प्रहरीले घटनाको अनुसन्धान मिहिन ढंगले गर्‍यो ।

    प्रहरी अनुसन्धानपछि पक्राउ परे काठमाडौं महानगरपालिका दलाक्षी बस्ने ५० वर्षीय बद्री बहादुर धिताल। महानगरीय प्रहरी परिसरका अनुसार बालिकालाई बलात्कार गरेको सूचना पाएलगत्तै टोली खटिएको थियो। यो त एउटा प्रतिनिधि घटना मात्रै हो।

    उनी जस्तै कलिला बालिकाहरू  पछिल्लो समय यौन हिंसाको सिकार बन्दै गएको कुराले समाजको कुरुप चित्र देखाइरहेको छ। चालू आर्थिक वर्ष बालिका बलात्कृत हुने संख्या झन् झन बढ्दै गएको छ।

    यस्तो छ तथ्यांक

    आर्थिक वर्ष २०७७/७८ साउनदेखि माघ पहिलो सातासम्ममा १० वर्षमुनिका १ सय ४९ जना बालिका र एकजना बालक बलात्कारको सिकार भएका छन् । अर्थात् औसतमा १० वर्षमुनिका एक बालिका हरेक दिन बलात्कृत भइरहेका छन्।

    यही अवधिमा ११ देखि १६ वर्षका ४ सय ८२ बालिकाहरू बलात्कारको सिकार बनेको तथ्यांक प्रहरीसँग छ। यो तथ्यांकमा प्रदेश १ र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै बालिकाहरू बलात्कृत भएका छन्। यो अवधिमा लुम्बिनी प्रदेशमा १० वर्षमुनिका ३१ जना र  ११ देखि १६ वर्ष उमेर समूहका ६५ जना बालिका बलात्कृत भएका छन्।

    कुन वर्ष कति बलात्कृत?

    यो आर्थिक वर्षको मात्रै होइन, पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा पनि कलिला नानीहरू यौन हिंसाको सिकार भएको विवरण झन् झन् उकालो लागिरहेको छ। आर्थिक वर्ष २०७५/०७६ देखि चालू आर्थिक वर्ष माघ पहिलो सातासम्म १० वर्षमुनिका ७ सय २० जना बालिका बलात्कृत भएको कुरा प्रहरीकै तथ्यांकले देखाउँछ।

    आर्थिक वर्ष ०७५/०७६ मा २ सय ९८, ०७६/०७७ मा २ सय ७३ र चालु आ.व. माघ पहिलो सातासम्म १ सय ४९ जना १० वर्षमुनिका बालिका बलात्कृत भएका छन्। यही अवधिमा ११ वर्षदेखि १६ वर्ष समूहका २८९२ जना बालिका पनि यौन हिंसाको सिकार भएका छन्।

    गम्भीर लापरवाही

    सामाजिक अभियन्ताहरु १० वर्षमुनिका बालिका बलात्कार हुनुलाई प्रहरीको गम्भीर लापरबाही भन्छन्। ‘प्रहरीले सक्रियतापूर्वक सुरक्षा दिने काममा लागिदिए यी सबै घटनामा स्वत: कमी आउँछ,’सामाजिक अभियान्ता फूलमहम्मद मियाँ भन्छन्,‘यस्तो घटना बढ्नुले प्रहरी आफ्नो कर्तव्यमा चुकेको मान्न सकिन्छ। बलात्कारका घटना मिलाउँदा समस्या बढ्दै गएको छ। यसले अपराधीको मनोबल झन् बढ्छ। त्यहीकारण बलात्कार जस्ता घृणित घटना भइरहेका छन्।’

    बलात्कार र यौन हिंसाका घटना मिलाउन राजनीतिक दबाब दिनाले पनि समस्या भएको उनले बताए।

    प्रहरी भन्छ : प्रविधिको दुरुपयोग मुख्य कारण

    तर प्रहरीले भने प्रहरीको लापरबाही नभइ अर्कै कारणले बलात्कारका घटना बढिरहेको तर्क गरेको छ। प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार जुनसुकै उमेरका बलात्कारका घटना पछिल्लो समय प्रविधिको दुरुपयोगले हुने गरेको बताउँछन्।

    ‘अहिले सामाजिक सञ्जालदेखि अन्य कुरामा प्रविधिको प्रयोग बढ्दै गइरहेको छ’, उनी भन्छन्, ‘यही कारण हुने-नहुने, राम्रा-नराम्रा कुरा सबैले हेर्छन्। जसले गर्दा यस्ता घटना बढ्दै गइरहेका छन्।’

    अर्थात, सामाजिक मर्यादाको सीमा नाघेर अपराध गर्ने प्रवृत्ति बढ्दै उनी बताउँछन्। त्यहीकारण १० वर्षमुनिका बालिका बलात्कृत हुने क्रम बढेको तर्क उनले गरेका छन्।

    संवैधानिक प्रावधान

    नेपालको संविधान २०७२ को आएपछि मुलुकी ऐन २०७४ पनि आयो। २०७५ भदौ १ पछि कार्यान्वयन भएको ऐनमा परिच्छेद १८ को उपदफा २२४ देखि २२८ सम्म बलात्कार र बलात्कारका कसुरको सजाय सम्बन्धमा लेखिएको छ। दफा २२४ मा यौन करणी, यौन दुर्व्यवहार के हो ? र, त्यस्तालाई कस्तो कसुर हुने भन्ने व्याख्या गरिएको छ।

    दफा २२५ मा बाल यौन दुराचार, २२६ मा पशु करणीबारे मुलुकी ऐनमा व्याख्या गरिएको छ। दफा २२७ मा कसुर र दण्ड सजाय व्यवस्था गरिएको छ। तर राज्यले दण्ड-सजाय व्यवस्था र व्याख्या गर्दागर्दै पनि बालिकाका बलात्कारका घटनाले भयावह रुप लिँदैछ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑