• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

किशोरी अन्तरसंवाद कार्यक्रम सम्पन्न: किशोरीहरुद्धारा किशोरीमैत्री बातावरण निर्माणको माग गर्दै ध्यानाकर्षण

पावर संदेश
   २२ फाल्गुन २०७७, शनिबार १९:१६  मा प्रकाशित
  • 448 पटक पढिएको







  • नवलपुर ।

    किशोरीमैत्री बातावरण निर्माणको माग गर्दै नवलपुर जिल्लाका किशोरीहरुले ५ बुदे ध्यानाकर्षण पत्र बुझाएका छन ।
    शनिवार गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतम, जिल्ला समन्वय समिती उपप्रमुख शारदा विश्वकर्मा र प्रमुख जिल्ला अधिकारी मनमायां भट्टराई पंगेनीलाई किशोरीहरुले भोगेका र देखेका समस्या र समाधानको उपाएका विषयमा ध्यानाकर्षण पत्र बुझाएका हुन । महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ मार्च ८ मा मनाउन लागिएको अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित जिल्ला स्तरीय किशोरीहरुसंग अन्तरसवाद कार्यक्रममा सहभागि किशोरीहरुले आफ्ना समस्याहरुलाई समाधानकोलागि पहल गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन । जिल्लाको ४ नगरपालिका र ४ गाउँपालिकाका किशोरीहरु एकआपसमा छलफल गरी समस्यालाई प्राथमिकीकरण गरी समाधानका उपाएहरु समेत निकालेका थिए । जसको ध्यानाकर्षण पत्रमा उल्लेख भए अनुसार जिल्लाामा परिवारले गरिदिने बाल विवाह कम भएपनि आफुखुसी सानै उमेरमा विवाह गर्ने प्रचलन बढेको,बलात्कारका घटना दिनदिनै बढ्दै जानु , पिडितहरुले न्याय पाएपनि समाजमा पुर्नस्थापना हुन नसक्नु,खेलकुद क्षेत्रमा किशोरीहरुको सहभागिता न्यून हुनु लगाएका विषय रहेको छ । त्यस्तै बालवालिका र किशोरीहरुका विविध समस्यालाई समाधान गर्न स्थानिय सरकार र सरोकारवालाहरुले किशोरीमैत्री वातावरण बनाउन प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको गैडाकोटको विजय सामुदायिक शिक्षा सदनको कक्षा ९ मा अध्ययनरत साहारा सापकोटाले बताउनुभयो ।

    अन्तराष्ट्रिय नारी दिवसको अवसरमा किशोरीहरु एक भएर आफ्ना समस्याहरुलाई सबैमाझ पुर्याउने काम गरेकोमा खुसी हुदै गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतमले हिजो भन्दा आज महिलाहरुमा केहि सकारात्मक परिवर्तनहरु आएपनि जति निर्णायक तहमा सहभागित बढ्नुपर्ने थियो त्यो नभएको भन्दै यसको लागि सबैले आफ्नो अधिकार संगै कर्तव्य पुरा गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै राजनिती, आफन्त लगाएत विविध कारणले अपराधिलाई बचाउने प्रवृतिले गर्दा समाजमा अपराधको घट्ना बढ्ेको र त्यसको प्रत्यक्ष सिकार किशोरीहरु हुनुपरेको भन्दै गण्डकी प्रदेश सभा सदस्य गौतमले कानुन कार्यान्यवयनलाई आफुले जोड दिदै आएको बताउनुभयो ।

    त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति उपप्रमुख शारदा विश्वकर्माले जातिय छुवाछुतको आफुले भोगेका समस्या स्मरण गर्दै यसको समाधान गर्न सबैले आफैबाट शुरुवात गर्नुपर्ने बताउनुभयो । त्यस्त प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीले महिनावारीको समयमा लुकाउने प्रचलन बाट नै किशोरीमा हिंसा शुरु हुने बताउनुभयो । यसको लागि नदेखिएका छाउपडिहरुको अन्त्य गर्न सबै एक भएर लाग्नुपर्ने र ध्यानाकषण पत्रलाई सबै स्थानिय तहमा प्रस्तुत गरी आवश्यकता अनुसारका कार्यक्रम गर्नलाई पालिकाहरुलाई सजिलो हुने बताउनुभयो ।

    पछिल्लो समय प्रविधिको गलत प्रयोगले गर्दा पनि किशोरीहरुमाथि हिंसा र अपराधका घटनाहरु बढेको भन्दै यसको सहि सदुपयोग गर्न किशोरी स्वयम सचेत हुन आवश्यक रहेको समेत बताएका थिए । जागृति बाल तथा युवा सरोकार नेपालले क्यानलन स्वीजरल्याडको साझेदारीमा संचालित किशोरी शशत्तिकरण कार्यक्रम अन्तरगत दुई दिने जिल्ला स्तरीय किशोरी अन्तरसंवाद कार्यक्रम गरेको हो । कार्यक्रममा जिल्लाको ८ वटै स्थानिय तहका ३५ जना किशोरीहरु र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑