नवलपुर ।
नवलपुरमा प्रहरीले पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीका अनुसार आइतबार दिउँसो १ बजेतिर नवलपुर प्रहरीले कावासोती नगरपालिका १६ चोरमारा डण्डाकाे विच जंगल ४० किलोमिटर भन्ने स्थानबाट पेस्तोल सहित २ जनालाई पक्राउ गरेको हो ।
पेस्तोल बरामद गरे पनि प्रहरीले पेस्तोलको नाम खुलाई सकेको छैन भने घटनाको अनुसन्धान जारी रहेकोले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक दिलिप गिरीले बताए ।
पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ना ५ ख ६५६३ नं.को बस सवार यात्रुहरुलाई चेकजाँचको क्रममा प्रहरीले हतियार बरामद गरेको हो ।
गोर्खा जिल्लाको चुमनुम्बी गाउँपालिका ३ बस्ने वर्ष १८ को दयाराम कार्कीको साथबाट कम्पनीको नाम नखुलेको पेस्तोल फेला परेको र उनीसँगै रहेको सोही स्थानका १८ बर्षीय गोविन्द गुरुङलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।