बिबेक भण्डारी, २६ नवलपुर ।
हिन्दु धर्मावलम्बीहरुले मनाउने महाशिवरात्री पुजाको लागि नवलपुरका शिवालय मन्दिरका सम्पूर्ण तयारी पुरा भएको जनाईएको छ । यो वर्ष विहिवार फागुन २७ गते परेकोम महाशिवरात्रीको अवसरमा पुजा पाठ हुने जिल्लाका शिवालय मन्दिरहरु सिंगारीएका छन । जिल्लाको गैडाकोट, देवचुली, कावासोती र मध्यविन्दु लगायतका क्षेत्रमा रहेका शिवालयहरुमा पुजा पाठ हुने हुदा सिंगारीएको छ । देवचुली नगरपालिका वडा नम्बरमा रहेको श्री नागेश्वर महादेव मन्दिर समितिका अध्यक्ष शालिकराम पुरीका अनुसार शिवरात्रीमा महिलाहरुले बत्ति बाली रातभर जागाराम बस्ने हुदा उनिहरुलाई बस्ने उचित व्यवस्थापन र मन्दिर सिंगारमा लागेको बताए ।