काठ्माण्डौं, फाल्ग्गुन २६ ।
नेपालीहरुको महान पर्व शिवरात्रीको अवसर पारेर गायक हरि गिरी विमर्शीकाे रचना तथा स्वरमा बनेको ‘चील ब्रो हरहर महादेव’ बोल रहेको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
गायक हरि गिरि विमर्शी, तेजश रेग्मी, एचबिएन किश्मतको स्वर, हरि गिरि विमर्शीकै शब्द संगीतमा बनेको गीतलाई एचबीएनले एरेन्ज गरेका हुन ।
अजय रेग्मीको छांयाकन रहेको भिडियोमा क्रान्ती के सी ले सम्पादन गरेका छन् ।
भिडियोमा निक्स शर्मा, लोमस शर्मा, अर्जुन गौतम, शिशिर पौडेल, हरि विमर्सी लगायतको दमदार अभिनय र नृत्य रहेको छ ।
भिडियोलाई हरि गिरि विमर्शीकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
सम्पुर्ण दर्शक श्रोता, शुभचिन्तक तथा मिडियाकर्मीलाई गीत तथा भिडियोलाई माया गरिदिनु हुन तथा सल्लाह सुझाव दिन हुन गायक विमर्शीले आग्रह गरेका छन ।