
भिम भुसाल, नवलपुर ।
पूर्वी नवलपरासीको शास्वतधाममा महाशिवरात्रीको अवशरमा ॐकारको झंडोत्तोलन गरिएको छ । नेपाल सरकारबाट ‘वेस्ट टुरिष्ट डेस्टिनेशन’को रूपमा अवार्ड प्राप्त गरिसकेको धाममा महाशिवरात्रीको अवशर पारेर प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रहरी प्रमुखले ॐकारको झंडोत्तोलन गर्नुभएको हो ।

प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनी सहित जिल्ला प्रहरी प्रमुख प्रकाश मल्ल, जिल्ला ट्राफिक कार्यालय प्रतिनिधी, सामुदायिक प्राकृतिक चिकित्सालय तथा देवचुली नगरपालिकाका प्रतिनिधी सहित १२ जनाले ॐकारको झंडोत्तोलन गर्नुभएको छ । झंडोत्तोलनसँगै धाममा रहेको एकाम्बेश्वर शिव मन्दिरमा अतिथिहरुले पुजा समेत गरेका थिए ।
पूर्व–पश्चिम राजमार्गस्थित सिजिआइपीसँगै रहेको यस धामको निर्माण उद्योगपति एवम् नेपालकै एकमात्र अर्बपति विनोद चौधरीले झण्डै डेढ दशक लगाएर गरेका हुन् ।
नेपाली कला, संस्कृती एवम् सनातन धर्मको प्रवर्धन गर्दै आन्तरिक एवं वाह्य पर्यटकलाई आकर्षित गरि नेपालको पर्यटन उद्योगमा योगदान पु¥याउनु धामको मुख्य उदेश्य रहेको छ ।