बिबेक भण्डारी ।
पटक पटक स्वास्थ्य निर्देशिका ऐन परिवर्तन हुदा औषधि व्यवशायिलाई नविकरणमा समस्या भएको बुझिएको छ । स्वास्थ्य निर्देशिका ऐन छिनछिनमै परिवर्तन हुदा नवलपुरमा रहेका अधिकांश स्वास्थ्य पोलिक्लीनिकहरु नविकरण हुन सकेका छैन । नेपाल औधषी व्यवशायि संघ नवलपुरका अध्यक्ष कमलनारायण श्रेष्ठका अनुसार अहिले औषधि व्यवशाय अन्तरगत पोलिक्लीनिकहरु नविकरण हुन नसकेको बताए ।
उनका अनुसार पहिले जिल्ला स्वास्थ्य कार्यलयले नविकरणको जिम्मा लिएको, पछि नगरपालिकालाई जिम्मा दिएको भए पनि नगरपालिकामा हाल सम्म नविकरण नभएको उनको भनाइ छ । छिमेकी नगरपालिका गैडाकोट र कावासोतीमा नविकरण भए पनि देवचुली नगरपालिकामा रहेका अधिाकशं पोलिक्लीनिक नविकरण नभएको बताए ।
नविकरण नहुदा कानुनि नियम अनुसार अबैध रुपमा संञ्चालन भएको देखिने हुदा अहिलेको लागि नविकरण आवस्यक रहेको बताए । उनका अनुसार देवचुली नगरपालिकामा रहेका ५ वटा पोलिक्लीनिकमा ५ वटै नविकरणमा नरहेको बताए ।
जिल्ला भर औषधि व्यवशाय र पोलिक्लीनिक गरि ८० वटा रहेको भए पनि अधिकाशं नविकरण हुन सकेका छैन । नगरपालिकाले भने पोलिक्लीनिक नविकरण प्रदेशले गर्ने हुदा नगरपालिकाले यसको नविकरण नगरेको बताए ।
देवचुली नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामकुमार श्रेष्ठका अनुसार केहि समय अघि सम्म नगरपालिकाले नै गरेको भए पनि हाल भने स्वास्थ्य निर्देशिका ऐन परिवर्तनका कारण प्रदेशले नविकरण गर्ने बताए । अहिले नगरपालिकाले मेडिकलको हकमा १५ वेड सम्मका अस्पतालको नविकरण गर्ने जिम्मा रहेको बताए ।