मदन अर्याल, नवलपुर।
नवलपुरको गैडाकोट-२ स्थीत नारायणी नदिको किनार नजिकै रेहेको अक्स्फोर्ड कलेजमा विद्याथीहरुले कलेज प्रशासन विरुद्ध प्रदर्शन गरेका छन् । कलेजले ६ महिना मात्र पढाएर १२ महिनकै फि मागेको भन्दै विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन ।
लामो समय देखी विद्यार्थीले कलेज प्रशासनसँग समन्वयन गर्न खोजे पनि कलेजले वेवास्ता गरेपछि विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार विद्यार्थीहरु कलेज देखी गैडाकोट नगरपालिका सम्म विभिन्न नारासहितको प्लेकार्ड लिएर नगरपालिकालाई ध्यानाकर्षण गराएको एक विद्यार्थीले जानकारी दिए ।
शैक्षिक भ्रष्टचारीलाई कारवाही गर, ६ महिना पढाएर १२ महिनाको फि उठाउने कलेज प्रसाशन मुर्दावाद, विद्यार्थी लुट्न पाईदैन भन्ने नारा सहित प्रर्दशन गरेका छन् ।आफ्ना मागलाई उचित सम्बोधन नगरे सम्म कलेज प्रसाशन विरुद्ध आन्दोलन गरि रहने विद्यार्थीहरुले बताएका छन् भने आफ्नो मात्र निर्णयले नहुने हि.सा.न. नवलपुर सँग छलफल गरेर मात्र निर्णय दिने कलेज प्रशासनले विद्यार्थीहरुलाई जानकारी दिएको छ ।