• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

न्याय निरुपण गर्दा सिद्धान्त, व्यवहार र प्रक्रिया बुझ्नुपर्छ : गृहमन्त्री

पावर संदेश
   ५ चैत्र २०७७, बिहीबार २२:२१  मा प्रकाशित
  • 510 पटक पढिएको







  • काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले अर्धन्यायिक निकायमा काम गर्ने अधिकारीले न्यायिक निर्णय र कानूनी प्रश्नको न्याय निरुपण गर्दा न्यायका सिद्धान्त, व्यवहार, न्यायिक प्रक्रिया एवं नजीरका बारेमा ज्ञान हुनुपर्ने बताए ।

    राजपत्राङ्कीत प्रथम र द्वितीय श्रेणी सहसचिव र उपसचिव का लागि शुरु भएको कानून तथा न्यायसम्बन्धीको ९० दिने तालीममा गृहमन्त्री थापाले प्रमुख जिल्ला अधिकारीका लागि उक्त तालीम अनिवार्य रहेको बताए ।

    सर्वोच्च अदालतले त्यस्ता अधिकारीका लागि कम्तीमा ९० दिनको न्यायसम्बन्धी तालीम लिनुपर्ने निर्देशनात्मक आदेशसमेत दिएको सन्दर्भ जोड्दै उनले यस्ता प्रशिक्षणले शान्तिसुरक्षा, सरकारी सम्पत्तिको सुरक्षा, विकास आयोजनाको अनुगमन तथा जिल्लास्थित सरकारी निकायको कार्यसम्पादन समन्वय एवं सहजीकरणका लागि सहयोगी हुने विश्वास व्यक्त गरे ।

    उनले त्यसैका लागि तालीम आयोजना गरिएकोसमेत बताए । लोकतन्त्रको सारभूत अभ्यास नै छिटोछरितोरुपमा न्याय दिनु रहेकाले नागरिकले सहज तरिकाले विधिपूर्वक न्याय पाउनुपर्नेमा गृहमन्त्रीको जोड थियो । विभिन्न ऐन, कानूनद्वारा प्रमुख जिल्ला अधिकारीलाई मुद्दाको कारवाही र किनारा गर्ने अर्धन्यायिक अधिकार प्रदान गरिएको छ ।

    कार्यक्रमलाई भर्चुअल विधिबाट सम्बोधन गर्दै गृहमन्त्री थापाले समाजमा शान्तिसुरक्षा तथा अमनचयन कायम गरी सुशासनको प्रत्याभूति दिनुपर्ने र अर्धन्यायिक कार्यसम्पादन गर्नुपर्ने दोहोरो भूमिकामा प्रमुख जिल्ला अधिकारी रहेको स्मरण गरे ।

    उनले सङ्घीय शासन प्रणालीमा नेपाल सरकारको प्रतिनिधिका रुपमा समेत प्रमुख जिल्ला अधिकारी रहेकाले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयको काममा समेत तालीम सहयोगी हुने बताए । मन्त्रालय र यसअन्तर्गतका कार्यालयमा कार्यरत राजपत्राङ्कीत प्रथम र द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई नियमितरुपमा न्याय सेवा तालीम दिने गरिएको छ ।

    तालीमले ज्ञान सीप र क्षमताको अभिवृद्धि गर्ने विश्वास लिइएको गृहमन्त्रीले बताउए । उनले तालीमपछि प्रजिअलाई कानूनका विषयमा जानकार गराइ न्यायिक मनको प्रयोगमार्फत व्यवस्थित प्रक्रियाबाट छिटो न्याय निरुपण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । रासस
    थप सामग्री : https://madhyabindu.com/2021/03/45586/



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑