
नेपालको मध्यभागमा रहेको देवचुली नगरपालिका प्राकृतिक स्रोत साधनले भरिपुर्ण नगरपालिका हो । समग्र नगरको विकास गर्नका लागि पर्यटन यस नगरपालिकाको एउटा प्राकृतिक वरदानको रुपमा पाएका छौँ । यसलाइ हामिले ठिक समयमा सहि उपयोगमा ल्याउन सके यहाँको आर्थिक विकासमा ज्यादै महत्वपुर्ण योगदान पुराउन सक्दछ भने हजारौँ को संख्यामा रोजगारीको अवसर सृजना गर्न सक्दछौँ ।
देवचुली नगरपालिका नेपालकै पहिलो बालमैत्री साविक प्रगतिनगर गाविस र हाल गण्डकी प्रदेशकै पहिलो देवचुली नगरपालिका हो ।
यहाँ देशकै नमुनाका रुपमा वर्षेनि हजारौँको संख्यामा बालमैत्री अवलोकनका लागि भित्राउन सक्दछौँ । यस नगरभित्र गण्डकी प्रदेशकै नमुनाका रुपमा रहेको पिप्रहर सामुदायिक होमस्टे, पवित्र नारायणी नदि, शाश्वत धाम, देवचुली डाँडा जस्ता प्राकृतिक र पर्यटकिय स्थलहरु रहेका छन् । हामिले हाम्रो नगरपालिकामा ५ दिन सम्म प्राकृतिक र धार्मिक वातावरणमा आन्तरिक तथा बाह्य पर्यटकलाइ राख्न सक्दछौँ ।

पहिलो दिनमा पिप्रहर सामुदायिक होमस्टेमा यहाँको थारु समुदायको पहिचान, थारु साँस्कृति, थारु नृत्य र खानपानमा पर्यटकहरुको मन जित्न सक्दछौँ, दोस्रो दिनमा मध्यवर्ति क्षेत्रको जंगल सफारी गराइ एक सिंगे गैडा, मयूर, जरायो, हरिण, बाघ, विभिन्न प्रजातिका चराहरुको अवलोकन गाराउन सक्दछौँ । तेस्रो दिनमा सिजि शास्वत धाम अवलोकन गराउदै पदमार्ग हुदै बाह्रकोल सम्म जाने र यहाँको मगर होमस्टेमा बसाउन सक्छछौँ । चौथो दिनमा बाह्रकोल हुदै पदमार्गबाट जाने र बन्दिपुर र्कितिपुरमा मगर समुदायमा राख्न सक्दछौँ जसको लागि नगरपालिका, वडा र त्यहाँको मगर समुदाय सँग सहकार्य गरि मगर होमस्टे निर्माण गर्नुपर्दछ । पँचौ दिनमा देवचुली डाँडामा पुर्याएर हामिले पर्यटकहरुलाइ लालिगुराँस, देवचुली गुफा, धवलागिरी, माछापुछ्रे जस्ता हिमालहरुको अवलोकन गराउन सक्दछौँ । यसरी देवचुली नगरपालिकामा पर्यटकहरुलाइ राख्न सक्दछौँ । यसका लागि नगरपालिकाले विभिन्न किसीमका योजनाहरुल ल्याएर पर्यटन विकास गर्नु वर्तमान् आवश्यकता हो ।
यसरी हामिले पर्यटकहरुलाइ एकै ठाउमा एक सिंगे गैडा देखि लिएर लागिगुराँस सम्मको स्वाद दिन सक्दछौ भने तराइको थारु समुदाएको स्टिक नाच देखि मगर समुदाएको कौरा नाच देखाउन सक्दछौँ, त्यस्तै आधा घण्टाको अन्तरालमा हामिले पसिना चुहिने गर्मि देखि ज्याकेट लागउन पर्ने चिसो दिन सक्छौ जसका लागि अहिले कुम्सोत निकै लोकप्रिय छ । हामिसँग साधन र स्रोतहरुको सहज पहूँच छ कमि एउटा मात्र कुराको हो त्यो भनेको सपना आँखा खोलेर सपना देख्ने कुराको मात्र हो, अब हाम्रो नगरले त्यो सपना देख्न जरुरी छ । नगरपालिकाले अब बाह्रकोल र किर्तिपुरमा होमस्टे बनाउनका लागि आवश्यक समन्वय गरि ठोस् कदम चाल्न जरुरी छ । विभिन्न सञ्चार माध्यमहरुबाट यहाँको धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्ने , युवाहरुलाइ होटल तथा व्यवसाय गर्नका लागि सहुलियत ऋण प्राप्त गर्ने व्यवस्था मिलाउनु पर्दछ । वैदेशिक रोजगारमा गएका युवाहरुलाइ नगरपालिकाले अब पर्यटनमा लागाउन सक्नुपर्दछ । यसका लागि संघिय तथा प्रदेश सरकार सँग समन्वय गर्न र योजना बनाउने काम छिटो भन्दा छिटो गर्न जरुरी छ ।
अर्मान मियाँ
नवलपुर