
भिम भुसाल, देवचुली ।
नेपाल राष्ट्रिय शिक्षक संगठन नवलपरासी पुर्व (नवलपुर) को बाह्रौ जिल्ला अधिवेशन देवचुलीमा शुरु भएको छ । जिल्ला अध्यक्ष नरदेव न्यौपानेको अध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माको प्रमुख आतिथ्यतामा जिल्ला अधिवेशन कार्यक्रम शुरु भएको हो ।
यतिवेला खुल्ला शत्रका कार्यक्रम सञ्चालन भैरहेको छ । जसमा विशिष्ट अतिथि संगठन राष्ट्रिय समिति कोषाध्यक्ष विष्णु भण्डारी, राष्ट्रिय समिति सदस्य सूर्य बराल, देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी,देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्माको उपस्थिति रहेको छ ।

त्यस्तै अतिथिहरुमा नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश सदस्य हरि प्रसाद न्यौपाने, विभिन्न जिल्ला तथा प्रदेशका प्रतिनिधी, संयोजक, जिल्ला पालिकाका प्रतिनिधी लगाएत जिल्लाभरीका शिक्षक संगठनका प्रतिनिधीहरुको उपस्थिति रहेको छ ।
खुल्ला शत्रको कार्यक्रम पश्चात बन्द शत्रको कार्यत्रम सञ्चालन गरिने र अधिवेशन आज शनिवार साँझ ८ बजे सम्म सकिने आयोजकले जनाएको छ ।