• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

सहि तथ्याङ्क आउनेगरि जनगणनामा गणक खटाउन सुझाव

पावर संदेश
   २३ चैत्र २०७७, सोमबार २०:१२  मा प्रकाशित
  • 514 पटक पढिएको







  • नवलपुर। १२ औँ राष्ट्रिय जनगणना २०७८ का लागि जिल्ला स्तरी सचेतना गोष्ठि सोमबार कावासोतीमा भएको छ ।

    जिल्ला जनगणना कार्यालय नवलपरासी पूर्वको आयोजनमा भएको कार्यक्रममा जनगणना भनेको के हो ? किन गरिन्छ ? महत्व के छ ? जनगणनामा के कस्ता प्रश्न हुन्छन् ? जिल्लामा जनगणनाका लागि के कसरी कति जनशक्ति खटिन्छन् ? लगायतका विषयमा जनगणना अधिकारी जीतेन्द्र रानाभाटले प्रस्तुतीकरण गर्नुभएको थियो ।
    उहाँले जनगणनामा खटिने सुपरिवेक्षक तथा गणकलाई सहि सुचना दिएर जनगणनालाई सत्यतथ्य बनाई सफल पार्न सबैमा आग्रह गर्नुभयो । उहाँले जनगणनामा खटिने गणकलाई विभिन्न बाहानामा हस्तक्षेप गर्ने कार्य नगर्न समेत सबैमा अनुरोध गर्नुभयो । १०–१० वर्षको अन्तरालमा हुने जनगणनालाई एउटा उत्सवका रुपमा लिएर सबैको सहभागिता अनिवार्य गर्न आग्रह गर्नुभयो ।
    कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती नवलपरासी पूर्वका प्रमुख चेसराम आलेले राष्ट्रिय जनगणनामा सहि तथ्याङ्ग बाहिर ल्याउन कसरी व्यवहारिक रुपमा राम्रो ढंगले काम गर्न सकिन्छ , त्यसका लागि सबै सरोकारवाला लाग्न आवश्यक रहेको बताउनुभयो । उहाँले हिजोका दिनमा जनगणनामा धेरै कुराको तथ्याङ्क सहि नहुँदा विभिन्न नीति निर्माण तथा योजना बनाउने काममा बाधा पुगेको बताउँदै यसपालीको जनगणनालाई गुनासो रहित बनाउन आग्रह गर्नुभयो ।

    यस्तै प्रमुख जिल्ला अधिकारी तथा जिल्ला जनगणना समन्वय समितीका संयोजक मनमाया पंगेनीले विगतमा गणकले तथ्याङ्क संकलनमा बढ्याईं गरेको गुनासो बढि आएकोले यसपालीको गणनामा यस्ता कुराको अनुगमन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । गणकको ढाट्ने छल्ने गर्दा कतिपय विषयको सहि तथ्याङ्क आउन नसकेको गुनासो विगतको गणनामा देखिएकाले यसपालीको गणनामा त्यस्ता गुनासो आउनै नदिने गरेर काम गर्न आफुहरु लागि परेको बताउनुभयो । उहाँले गणक , सुपरिवेक्षकहरुले पढ्न लेख्न नजान्ने एवम् सोझा साझा घरपरिवारमा गएर आफुखुसी फारम भर्ने , वा छरछिमेकी तथा टाठाबाठाले कुनै धर्म , समुदायको बाहुल्यता देखाउन प्रभावित पार्ने काम गरे नगरेको संचारकर्मी तथा सरोकारवालाले निगरानी गर्न आवश्यक रहेको बताउनुभयो । यस्ता काम हुन नदिनका लागि पनि जिल्ला तथा पालिका स्तरीय समन्वय समिती एवम् जनप्रतिनिधीहरुले निगरानीको काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
    कार्यक्रममा अपाङ्ग पुनस्र्थापना परिषद नवलपुरका अध्यक्ष सागर लुईटेलले अपाङ्गता भएका व्यक्तिहरुको तथ्यङ्क गएको गणनामा निकै कम आएकाले यस पटक त्यस्तो त्रुटि हुन नदिन माग गर्नुभयो । उहाँले अपाङ्गता भएनभएको बारेमा गणकले सोधखोज गर्न झन्झट मान्ने गरेको विगतको गणनाबाट थाहा पाईसकेकाले यस पटक गणकलाई अनिवार्य रुपमा अपाङ्गता भएका व्यक्ती छन् छैनन् सोधपुछ गरेर यकिन तथ्याङ्ग भर्न आग्रह गर्नुभयो ।
    कार्यक्रममा कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुन , मध्यविन्दु नगरपालिका प्रमुख चन्द्र वहादु राना , बौदीकाली गाउँपालिका अध्यक्ष दूर्गा वहादुर राना , जिल्ला समन्वय समितीका उपप्रमुख शारदा विक लगायत जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख प्रशाशकीय अधिकृत , सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधी , सामाजिक अगुवा तथा संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑