भिम भुसाल, देवचुली ।
मन्त्रिपरिषद बैठकले विद्यालय र कलेजको पठन पाठन भौतिकरुपमा गर्न नपाइने भने पनि पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा धमाधम सञ्चालनमा रहेका सम्पुर्ण संस्थागत तथा सामुदायिक विद्यालय वैशाख १९ गते सम्म बन्द गर्ने तयारी भएको छ । सरकारले परिक्षा समेत रोक्न निर्देशन गरेसँगै नगरपालिका क्षेत्रभित्रका विद्यालयहरु परिक्षा तयारी बिदाको नाममा बन्द गर्न लागिएको देवचुली नगरपालिका नगर शिक्षा अधिकृत राम प्रसाद शर्माले जानकारी दिनुभयो ।
जिल्ला भित्रका अन्य पालिकाले गरेको निर्णय अनुशार नै देवचुलीमा पनि विद्यालय बन्द गर्ने तयारी भैरहेको स्रोतले जनाएको छ ।
आज सोमबार १० बजे देवचुली नगर शिक्षा समितिको बैठक बसि ११ बजे सुचना आईसक्ने बताईएको छ ।