
दयाराम आचार्य, नवलपुर ।
नवलपुरको बौदीकाली गाउँपालिका डेढगाउँमा रहेको प्रसिद्ध धार्मिक स्थल अकलादेवीमा चैत पूर्णिमाका दिन लाग्दै आएको मेला स्थगित भएको छ । मंगलबार (आज) लाग्ने चैत पूर्णिमा मेला कोभिड १९ को जोखिमका कारण स्थगित भएको अकलादेवी मन्दिर तथा व्यवस्थापन समितिका अध्यक्ष हरि सारुले बताउनुभयो ।

कोभिड १९ को जोखिम बढदै गएको भनि बौदीकाली गाउँपालिकाले सूचना जारी गरि मानिसको भिडभाडहुने सबै खाले कार्यक्रम स्थगित गर्न भनेपछी सदिऔं देखि अकलादेवीमा लाग्दै आएको चैत पूर्णिमा मेला स्थगित गरिएको अध्यक्ष सारुले बताउनुभयो ।
अकलादेवीमा मेला हेर्न तथा पुजा गर्न नवलपरासी सहित पाल्पा, तनहुँ, स्याङ्जा ,चितवन, कास्की लगाएत देशका बिभिन्न जिल्लाबाट भक्तालुहरु आउने गर्दछन् ।
मेला स्थगित गरेपनी पुजापाठका लागि भक्तजनहरु आएकाले त्यसलाई व्यस्थित बनाउन प्रहरीलाई समन्वय गर्न भनिएको बौदीकाली गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रदिप चन्द्र सुवेदीले बताउनुभयो । कोभिडको जोखिम रहेकाले सबैमा स्वास्थ्यको आवश्यक मापदण्ड पालन गर्न समेत उहाँले अनुरोध गर्नुभयोे ।
पुजापाठका लागि आएकाहरुले अव्यवस्थित रुपमा मन्दिरमा पुजापाठ गर्न थालेपछी अहिले व्यस्थित रुपमा पुजा गराउन थालिएको मन्दिरका अध्यक्ष सारुले बताउनुभयो ।