भिम भुसाल, देवचुली ।
पूर्वि नवलपरासीको देवचुली नगरपालिकामा मेयर र उपमेयरको कार्यकक्षमा लगाईएको ताला प्रहरीले फोडेको छ । कोभिडको समयमा समेत नगरपालिका गैर जिम्मेवार बनेको भन्दै नगरभित्रका युवाहरुले लगाएको ताला प्रहरीले फोडेको हो ।
देवचुली नगरपालिका वडा नम्बर १३ निवासी ६८ वर्षिय कोभिड संक्रमित पुरुसलाई समयमा नै अस्पताल पुर्याउन एम्बुलेन्स उपलब्ध गराउन नसकेपछी टेक्टरमा राखेर अस्पाल पुर्याउनुपरेको घटनालाई लिएर युवाहरुले नगरपालिकालाई खबरदारी सहित तालावन्दी गरेका थिए ।
जनताको करबाट सरकारी गाडी चढ्ने जनप्रतिनिधीले एम्बुलेस उपलब्ध गराउन नसकि संक्रमितको मृत्युभएको घटनालाई लिएर तालाबन्दी गरिएको थियो । साथै मेयर उपमेयर चढ्ने सवारीमा समेत रोक लगाईएको छ ।https://www.facebook.com/watch/?v=318788173100170