नवलपुर ।
नवलपुरको मध्यविन्दुु जिल्ला अस्पताल कोभिडका विरामीले भरिएको छ । संक्रमण बढ्दै गएपछि बिरामीका लागि छुट्याइएको अक्सिजन सहितको २८ वटा बेडहरु कोभिडका बिरामीले भरिएका हुन ।
कोभिड फोकल पर्सन समेत रहेका जिल्ला अस्पतालका डाक्टर शिवराज न्यौपानेले २८ वटै बेडमा कोभिडका बिरामी रहेको बताउनुभयो । यतिबेला अस्पतालमा २५ जना कोभिडको बिरामी अक्सीजनमा रहेका छन् भने ति मध्ये २ जनालाई दैनिक ८ ओटा सम्म ठुलो अक्सिजन सिलिन्डर लगाउनु परेको डाक्टर शिवराज न्यौपानेले बताउनुभयो ।
अस्पतालमा संम्भावित लक्षण भएका शंकास्पद ८ जना बिरामी रहेका छन् । शंकास्पद विरामी राख्ने ठाउ अपुग भएर आकस्मिक कक्ष भरिएर अस्पतालको गल्लीमा ४ बेट र ड्रेसिङ कक्षको टेवललाई समेत बेडको रुपमा प्रयोग गरिएको छ । थप विरामी आए कसरि ब्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भैरहेको जिल्ला अस्पतालका डाक्टर न्यौपानेले जानकारी दिनुभयो ।
जम्मा ६५ वटा ठुलो र ५ वटा सानो अक्सिजन सिलिन्डर रहेको जिल्ला अस्पतालमा दैनिक सरदर ३५ वटा अक्सिजन सिलिन्डर खर्च भएको छ ।