मदन अर्याल, नवलपुर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड -१ ९ नँया भेरियन्ट सहितको कोरोना भाइरसको दोस्रो लहरका कारण नवलपरासी ( बर्दघाट सुस्ता पूर्व ) मा संक्रिय संक्रमणको दर प्रतिदिन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले मिति २०७८ बैशाख १ गते राति १२ बजे देखि जेष्ठ ४ गते राति १२ वजे सम्म जिल्ला भर लागु हुने गरी निषेधाज्ञा जारी गरेकाे थियाे । प्रशासन ले अत्यावश्यक वाहेका अन्य सेवा प्रवाह संचालन नगरी सरकारी कार्यालयहरुमा भिडभाड नगर्न निर्देशन पनि गरेकाे थियाे ।
देवचुली नगरपालिका भित्र भने संक्रिय संक्रमितकाे संख्या कम भएकाले निषेधाज्ञा केही खुकुलाे गरेकाे थियाे । हाल देवचुली नगरपालिकामा पनि संक्रमितकाे संख्या दिनानुदिन तिव्रगतिमा बढ्दै गएकाे र संक्रमितकाे मृत्यु पनि बढ्दै गईरहेकाले कार्यालयबाट प्रवाह हुने स्वास्थ्य सेवा , फोहोरमैला व्यवस्थापन जस्ता अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेकाे छ ।
नगरपालिकाले भिडभाड हुने विवाह, बर्तबन्ध, सभा मिटिङ, सेमिनार जस्ता कुनैपनि कार्य नगर्न निर्देशन दिएकाे छ।
हालसम्म देवचुली नगरपालिकामा १ सय ५८ जना कोरोना संक्रमित रहेका छन भने ४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
नगरपालिकाले सुरक्षित र सावधानिका साथ घरमै बस्न सम्पुर्ण नगरवासीलाई अनुराेध पनि गरेकाे छ ।