नवलपुर । नवलपुरको बुलिङटारमा धारिलो हतियार प्रहार हुदा दुई जना घाइते भएका छन् । भाईहरुको हसिया प्रहार गर्दा नवलपुरको बुलिङटार गाउँपालिका १ बक्रमटार बस्ने ४१ बर्षीय बाबुराम कुमाल र उनकी श्रीमती दमन्ती कुमाल गम्भीर घाइते भएका हुन् ।
उनीहरुलाई आफ्नै सरोदर भाई ३६ बर्षीय भानु कुमाल र २८ बर्षीय सुन्दर कुमालले गएराति आपसी घरायसी विवादमा हसिया प्रहार गर्दा घाईने भएको नवलपुर प्रहरीले जनाएको छ ।
बाबुराम कुमालको घाँटीमा र उनकी श्रीमतीको बाँया हातमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।
कुटपिट गर्ने दुबै जनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा ल्याई आवश्यक कारवाही अगाडि बढाएको नवलपुर प्रहरीले जनाएको छ ।