भिम भुसाल, नवलपुर ।
पूर्वि नवलपरासीमा हाल सम्म आईस्यु र भेन्टिलेटर सेवा सञ्चालनमा आउन सकेको छैन । जिल्ला अस्पतालमा आईसीयू कक्ष त छ तर सेवा छैन । ३ वटा भेन्टिलेटर मेसिन छ । हेर्दा सबै सामान नयाँ छन् । तर दुर्भाग्यबस् कोरोनाको संक्रमण तीव्र रुपमा बढेको र बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला यी आईसीयू र भेन्टिलेटर प्रयोगविहीन छन् ।
दक्ष जनशंक्तिको अभावमा मध्यविन्दु जिल्ला अस्पतालमा रहेका ३ ओटा भेन्टिलेटर मेसिन समेत थन्काएर राख्दा सेवा सञ्चालनमा आउन नसकेको हो ।
आईसीयू र भेन्टिलेटरका लागि जनशक्ति माग गरे पनि पाउन नसकेको मध्यविन्दु जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डाक्टर शिवराज न्यौपानेले बताउनुभयो । कोरोना संक्रमितको स्वास्थ्य अवस्था जटिल हुँदा एनेस्थेसिया, फिजिसयनको अभावमा आईसीयू र भेन्टिलेटर सेवा दिन नसकेको डा. न्यौपानेले बताउनुभयो ।
दिन प्रतिदिन कोरोना संक्रमितको संख्यामा वृद्धिहुँदै जादा जिल्लामा जटिल समस्याका विरामीलाई चितवन रिफर गर्नुपर्ने बाध्यता रहेको छ । चितवनमा समेत विरामीले बेड नपाईरहदा जिल्ला अस्पतालमा नै अक्सिजन लगाएर विरामीलाई राख्ने र चितवनमा बेड पाएको खण्डमा मात्रै रिफर गरिदै आएको छ । सक्रमणको दोस्रो लहर चलेपछी जिल्ला अस्पतालबाट करिव ७ जना विरामी आईसीयू र भेन्टिलेटरको अभावमा चितवन रिफर गरिएको छ ।