मदन अर्याल, नवलपुर । घुमाउरी सामुदायिक बनले विपन्न उपभोक्ताको घरमा खानेपानी धारा जडान गरिदिने भएको छ । वैशाख ३ गते अध्यक्ष दिपक भट्टराईको अध्यक्षतामा बसेको बैठकले घुमाउरी सामुदायिक उपभोक्ता समुह भित्रका उपभोक्ता सदस्य बुद्धिसरा गुरुङको घरमा खानेपानीको धारा जडान गर्ने निर्णय गरेको हो । वनका अध्यक्ष दिपक भट्टराईका अनुसार आर्थिक अवस्था निकै कमजोर रहेको र आर्थिक समस्याकै कारण हालसम्म खानेपानीको धारा जडान गर्न नसकेकाले यस सामुदायिक बन समुहले गुरुङको घरमा धारा गडान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
त्यस्तै हाल कोरानाभाईरस महामारीका कारण यस समुदायिक बन समुह भित्रका उपभोक्ता सदस्य एवं परिवारलाई कोरोना भाईरस संक्रमण देखिएमा वन समुहको तर्फबाट वडा कार्यालय र स्वास्थ्य कार्यालयको रोहबरमा जनही रु २००० दिने निर्णय पनि गरेको छ । काेराेना संक्रमित उपभोक्तालाई थोरै भएपनि राहात महसुस होस एवं उपचाररत संक्रमितकाे हाैसल्ला बढाेस भन्ने उदेश्यले यो निर्णय गरेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।