
भिम भुसाल, देवचुली ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा आज (मंगलवार) ३० जना संक्रमित थपिएका छन् । कोरोनाको दोस्रो संक्रमण फैलिएसँगै देवचुली नगरपालिकामा गरिएको ७९ जनाको परिक्षण मध्ये २३ जना र मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परिक्षणमा थप ७ जना गरि जम्मा ३० जना संक्रमित थप भएका हुन् । यो सँगै देवचुलीमा संक्रिय संक्रमितको संख्या १ सय ९ जना पुगेको छ । हाल सम्म १ सय १० जना संक्रमित निको भैसकेका छन् ।
संक्रमित मध्ये १ सय ४ जना होम आईसोलेसनमा, २ जना दुम्कौली अस्पताल, २ जना जनज्योती नमुना मा.वि., १ जना भरतपुर अस्पतालमा छन् भने ४ जनाको मृत्यु भएको छ । देवचुलीमा दास्रो संक्रमण चलेसँगै २ सय २३ जना संक्रमित भैसकेका देवचुली नगरपालिकाका सुचना अधिकारी कृष्णहरी सापकोटाले जानकारी दिनुभयो ।
