मदन अर्याल, नवलपुर।
पछिल्लो समय नेपालमा पनि कारोना संक्रमितको संख्या तिव्र गतिमा बढ्दै गइरहेको र संक्रमितको उपचराकको निम्ति अक्सिजन एवं स्वास्थ्य सामाग्रीको अभाव भइरहेको छ । अक्सिजन र स्वास्थ्य सामाग्रीको अभावले कोरोना संक्रमितको मृत्युदर पनि बढीरहेको छ ।
अक्सिजनको अभावले गर्दा अस्पताल तथा डाक्टरहरुले पनि विरामीहरुको उपचार गर्न नसकिने र यस्तै स्थीति रहिरहेमा झन ठूलो भयाभह स्थीतिको सिर्जना हुने बताइ रहेको बेला नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिल साइनस (विर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ । बैंकले करिव ५० क्युबिक लिटर/प्रतिघण्टा क्षमता बराबरको अक्सिजन प्लान्ट निर्माण गर्न वीर अस्पताललाई सहयोग गर्ने भएको हो ।
मंगलबार नविल बैंक र वीर अस्पताल बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकले अक्सिजन प्लान्ट निर्माण गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्ने छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराउने छ । त्यस्तै अन्य अस्पतालहरूलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्न समेत बैकले थप प्रकिया अगाडि बढाइसकेको बताएको छ । कोरोनाको दोस्रो लहर तिब्र गतिमा फैलिदै जा“दा अस्पतालमा विरामीले अक्सिजन नपाएर ज्यान गुमाउनु परिरहेको अहिलेको विषम परिस्थितिमा सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड १९ नियन्त्रणको लागि सरकारलाई सहयोग गरेको बैंकले जानकारी दिएको छ ।
नविल बैंकले यो भन्दा अगाडी सरकारी तथा विपद्मा काम गरेका विभिन्न संस्थासंग समेत साझेदारी शुरु गरेको थियो । जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सहकार्य गरी नेपालका सातै वटा प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपत्कालिन पूर्व तयारी सम्बन्धी अभिमुखिकरण तालिम पनि संचालन गरेको थियो । बैंकले चालु आर्थिक वर्षमा सरकारी, गैरसरकारी र मानवीय कार्यमा संलग्न संस्थाका ३ सय ३० जना स्वास्थ्यकर्मीहरुलाई एक दिने अभिमुखिकरण दिइएको थियो । बैंकले चालु आर्थिक वर्षमा कोभिड १९ नियन्त्रणको लागि करिव रु. ६ करोड नगद सहयोग गरिसकेको छ भने कारोना रोकथाम तथा नियन्त्रणका लागि सबै गरेर करिव ८ करोडको सहयोग प्रदान गर्ने जनाएको छ ।
विपद् सम्बन्धीको विश्वव्यापी दस्तावेज सेन्डाइ कार्य ढा“चाले समेत विपद् जोखिम न्यूनिकरणमा निजि क्षेत्रको सहभागितालाई प्रोत्साहित गर्नु पर्ने व्यवस्था गरेको र नेपाल सरकारले पनि विपद् व्यवस्थापनमा निजि क्षेत्रको संलग्नतालाई अपरिहार्य ठानेको सन्दर्भमा नबिल बैंकले विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन पनि बहुपक्षीय साझेदारीमा निजि क्षेत्र पनि एक महत्वपूर्ण हिस्सेदार बन्न सक्छ भन्ने कुरालाई दृष्टिगत गर्दै सरकारसंग यस किसिमको साझेदारी गरेको हो ।
बैंकले यो प्लान्ट स्थापनाले विरामीकको लागि आवश्यक पर्ने अक्सिजन उपलब्ध हुने र विरामीको उपचारमा अस्पताललाई पनि सहयोग पुग्ने विश्वास लिएको छ ।