
नवलपुर ।
देवचुली नगरपालिका वडा नं.९ का युवाहरुले स्वास्थ्य सेवाकेन्द्र (देवचुली-९) लाई स्वास्य सामाग्री सहयोग गरेका छन् । रन्जित पौडेल, राजेन्द्र भुसाल, दिपक तामाङ , विरेन्द्रराज काफ्ले लगाएतका युवाहरुको पहलमा वडा अध्यक्ष एवं जनप्रतिनिधिहरुको रोहबरमा माक्स, स्यानिटाइजर, ह्यान्डग्लोब्स लगाएतका स्वास्थ्य सामाग्री सेवाकेन्द्रलाई हस्तान्तरण गरेका हुन् । दोस्रो लहरको कोरोना भाईरस तिव्ररुपमा फैलदै गएको र यसको रोकथाममा स्वास्थ्य कर्मिहरु अग्रमोर्चामा रहेर काम गरिरहेको अवस्थामा उनिहरुको सुरक्षा एवं मनोबल बढाउनका लागि आफुहरुले सहयोग गरेको युवाहरुले जानकारी दिएका छन् ।
त्यस्तै यो महामारीको समयमा आवश्यक परेको अवस्थामा जस्तोसुकै सहयोग गर्न पनि आफुहरु तयार रेहेको बताएका छन् ।

युवाहरुद्धारा १० प्याकेट माक्स, ५ लिटर स्यानिटाइजर, १ प्याकेट हेन्ड ग्लोब्स वडा नं. ९ को स्वास्थ्य सेवा केन्द्रलाई सहयोग गरेका हुन ।